१३ बैशाख २०८१, बिहिबार

आज कार्तिक ३ गते सोमबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

कार्तिक ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था

हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ ।

दिउँसो

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !