१३ बैशाख २०८१, बिहिबार

आज कार्तिक २ गते आइतवार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

कार्तिक २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था

हाल प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा आंशिक रहको छ ।

दिउँसो

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !