८ बैशाख २०८१, शनिबार

आज असोज ११ गते आइतबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असोज ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश न. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

दिउँसो

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

आज असोज १० गते शनिबार देशभरको मौसम पूर्वानुमान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !