११ बैशाख २०८१, मंगलबार

आज असोज १० गते शनिबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असोज १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ ।

हालको मौसमको अवस्था

हाल कर्णाली प्रदेश, सुदुर-पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न. १ बाग्गमति प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्लका बर्षा भइरहेको छ ।

दिउँसो

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन, चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक, दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

राती

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !