१२ बैशाख २०८१, बुधबार

वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना


तुवाँलो

दमौली, ५ असोज । तनहुँको दमौलीस्थित मुख्य चोकमा वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिएको छ । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो ।

वायुमा हुने प्रदूषणको अवस्था देखाउन तथा यसबाट बच्न र बचाउनका लागि सावधानी अपनाउन डिस्प्ले बोर्डले सहयोग गर्नेछ । बोर्ड जडानका लागि व्यास नगरपालिकाले सवमिटरमार्फत विद्युत् लाइन जडान गरिदिएको छ । डिस्प्ले बोर्डमा जडान भएको सवमिटरमा उठेको विद्युत्को अङ्क (खपत युनिट) अनुसार विद्युत् प्राधिकरणबाट निर्धारण भएको दररेटबमोजिम विभागले व्यास नगरपालिकालाई उपलब्ध गराउनेछ ।

उक्त डिस्प्ले बोर्डमा देशका मुख्यमुख्य शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देख्न सकिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । उक्त डिस्प्ले बोर्डमा धनगढी, धनकुटा, नेपालगञ्ज, विराटनगर, भक्तपुर, दाङ, हेटाँैडा, भरतपुर, सौराहा, धुलिखेत, रत्नपार्क, महेन्द्रनगरलगायतका शहरमा भइरहेको वायु प्रदूषणको तथ्याङ्क देखाउनेछ ।

ट्राफिकलाई कोन हस्तान्तरण
दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कोन हस्तान्तरण गरेको छ ।

सङ्घले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत ट्राफिक प्रहरी कार्यालयलाई २५ थान कोन हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटलाई उक्त कोन हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले दुर्घटना न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिदैं निःस्वार्थ रुपमा सेवा गर्ने सामाजिक संस्था भएकाले यस्ता काममा सङ्घको सदैव सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

तनहुँ उद्योग सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले दुर्घटना न्यूनीकरणको अभियानमा सङ्घले सदैव सहकार्य गर्न तयार रहेको बताउँदै प्रहरी एक्लैको प्रयासले मात्रै दुर्घटना न्यूनीकरण सम्भव नरहेकाले यस अभियानमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको छ भन्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले सबैको सहयोग रहे ट्राफिक व्यवस्थापन सृदृढ बनाउन सकिने र त्यसका लागि सङ्घले पु¥याउँदै आएको सहयोग उदाहरणीय रहेको बताउनुभयो । तनहुँलाई ट्राफिक व्यवस्थापनमा गण्डकी प्रदेशकै नमूना जिल्ला बनाउने अभियानमा आफू लागिपरेको उहाँको भनाइ छ ।

सङ्घबाट प्राप्त कोन सफा सडक, भोर्लेटार चोक, प्रहरी कार्यालय अगाडि राखिनेछ । बजार क्षेत्रमा जथाभावी पार्किङ गर्नेक्रम बढेकाले प्रहरीले अब चेन र ह्विल लकको अवधारणा ल्याउन लागेको प्रमुख रानाभाटले बताउनुभयो । “जहाँपायो त्यही गाडी, मोटरसाइकल रोक्यो, सवारी चालक कता जान्छन् थाहा हुँदैन, अब त्यस्तालाई कारवाही गर्न चेन र ह्विल लकको अवधारणा ल्याउँछाँै”, उहाँले भन्नुभयो, “नियम उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।”

सामाजिक उत्तरदायित्व बहनअन्तर्गत दुर्घटना न्यूनीकरण अभियानमा सङ्घले विगतमा पनि प्रहरीलाई सहयोग गर्दै आइरहेको प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो । दमौली बजार इकाइ सभापति राजकुमार श्रेष्ठ (राकु)ले दमौली बजारमा ‘नो हर्न ः नो ओभरटेक’ अभियानका क्रममा पनि प्रहरीलाई सङ्केत सामग्री सहयोग गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !