१३ बैशाख २०८१, बिहिबार

आज भदौ ९ गते मंगलबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

भदौ ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडि वाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देश भर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो

देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !