११ बैशाख २०८१, मंगलबार

आज साउन ३० गते शुक्रबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

साउन ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था

हाल देशभर समान्य बदली रही प्रदेस १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश,गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती

देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !