७ बैशाख २०८१, शुक्रबार

आज साउन २५ गते आइतवार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

साउन २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था

हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ । साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भैरहेको छ ।

दिउँसो

देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती

देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !