८ बैशाख २०८१, शनिबार

आज असार ७ गते आइतबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असार ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

प्रदेश १ देखि कर्णाली प्रदेश सम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको छ । भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणालीको समेत विकास भएको छ ।

हालको मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती

सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५ गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !