७ बैशाख २०८१, शुक्रबार

आज असार ४ गते बिहिबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असार ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशहरूमा सामान्य बदली रहेको छ।प्रदेश १ का केहि स्थानहरूमा बर्षा भईरहेको छ ।

दिउँसो

प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

राती

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !