आज असार ३ गते बुधबार देशभरको मौसम पूर्वानुमान Nepalpatra आज असार ३ गते बुधबार देशभरको मौसम पूर्वानुमान
३१ चैत्र २०७७, मंगलबार

आज असार ३ गते बुधबार देशभरको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान

असार ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर सामान्य बदलिको अबस्था छ र देशका केहि भु-भागहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो

सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !