८ बैशाख २०८१, शनिबार

प्रचण्डले धुलिखेलमा लिए जिपलाइनको अनुभव (फोटो फिचर)


प्रचण्डले लिए जिपलाइनको अनुभव

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारिवारिक भ्रमणको क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् ।

नाति नातिनीसहित प्रचण्डले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहासिक गतिविधिमा रुचि राख्ने प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताएका छन् । प्रचण्डले पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाई छ ।

काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन रहेको छ भने जिपलाइनको कुल दुरी ११०० अर्थात् १.१ किलोमिटर रहेको छ ।

जिपलाइन सञ्चालित स्थानबाटै प्रसिद्ध हिमश्रृङ्खला लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिन्छ ।

प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव
प्रचण्डले लिए जिपलाइनको अनुभव प्रचण्डले लिए जिपलाइनको अनुभव

तस्वीर सौजन्य : बिष्णु कान्त घिमिरे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !