११ बैशाख २०८१, मंगलबार

वैशाख ३ गतेसम्म आन्तरिक हवाई सेवा बन्द


त्रिभुवन बिमानस्थल

१८ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणको परिपत्र अनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहनेछन् । तर लकडाउन चैत २५ गतेपछि खुलेपनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने छैनन् ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय लिखित रुपमा सार्वजनिक नभएको र प्राधिकरणबाट मंगलबार मात्र नयाँ परिपत्र भएका कारण वायुसेवा कम्पनी अलमलमा परेका थिए । यस अविधमा कुनै पनि व्यवसायिक उडान हुने छैनन् । तर, आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने रोकिने छैनन् । प्राधिकरणको परिपत्रपछि भने आन्तरिक वायुसेवा कम्पनीले वैशाख ३ अघि नियमित उडान गर्न नपाउने पक्का भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !