११ बैशाख २०८१, मंगलबार

३०२ अमेरिकी नागरिक लिएर दोहा उड्यो कतार एयरवेज


कतार एयरवेज

१८ चैत, काठमाडौं । नेपालमा रहेका ३०२ अमेरिकी नागरिक बोकेर कतार एयरवेजको बिमान त्रिभुवन विमानस्थलबाट उडेको छ । यो बिमान कतारको दोहा हुँदै अमेरिका जानेछ । नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकहरुलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् ।

त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलका अनुसार उक्त चार्टर उडान काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि ल्याएको हो । नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा ल्याएको थियो ।

जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी नागरिक, विभिन्न एजेन्सीमा कार्यरत तथा ग्रिनकार्ड बाहेक नेपाली पनि रहेको एक अधिकारीले बताएका छन् । कतारले यसअघि फ्रेन्च र जर्मन दूतावासका लागि तीनवटा चार्टर उडान गरिसकेको छ ।

यसैबीच लकडाउनका कारण अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान भोलि दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाँदैछ । यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागरिकलाई ३ वटा फ्लाइटबाट फिर्ता लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !