१३ बैशाख २०८१, बिहिबार

भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने


मंसिर २०, चितवन । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत आपूर्ति गराउने भएको हो । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवले पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत पुर्‍याइएको छ ।

सौराहा लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफर्मरमा देखिने समस्याले पटक पटक विद्युत अवरुद्ध हुँदै आएको श्रीवास्तवले बताए । केन्द्रले सौराहालाई लक्षित गर्दै पर्साबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै तार तानेर नयाँ फिडरमार्फत विद्युत् वितरण गर्न लागेको हो। पर्सा सबस्टेशनमा हाल चारवटा फिडर रहेकोमा बढाएर छ वटा पुर्‍याउने तयारी गरिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !