५ असार २०८२, बिहीबार

धावनमार्गमा पानी निस्किएपछि सुर्खेत विमानस्थलबाट हवाई उडान ठप्प


सुर्खेत विमानस्थल

सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि मंगलबारदेखि सो विमानस्थलबाट उडान ठप्प भएको छ ।

गत मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेर धावनमार्गमा देखिएको समस्या समाधान नहुँदा विमानस्थलबाट सञ्चालन हुने सम्पूर्ण हवाई उडान रोकिएका हुन् ।

अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए । विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।

मंगलबारदेखि रोकिएको सेवा अझै पुनः सुचारु हुन नसकेकोले दैनिक हवाई सेवा प्रयोग गर्ने यात्रुहरू वैकल्पिक मार्ग रोज्न बाध्य भएका हुन् । सम्भवत: शनिबारदेखि पुनः नियमित उडान सुरु हुन सक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !