४ बैशाख २०८१, मंगलबार

३५ करोड लगानीमा मनकामनामा सुविधासम्पन्न रिसोर्ट खुल्दै


मनकामना केबलकार

काठमाडौँ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केवलकार आज बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले २४ वर्षको अवधिमा हालसम्म १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

उक्त कम्पनीले मनकामना क्षेत्रमा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।

रिसोर्टको निर्माण कम्पनीको भातृ संस्था रिसोर्ट बाइ मनकामना केबलकार प्राइभेट लिमिटेडले गर्नेछ । रिसोर्ट निर्माणको थालनी आगामी फागुनदेखि हुने र करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

रिसोर्टमा रेष्टुरेन्टका साथै १०० सिट क्षमताको कन्फरेन्स हल समेत रहने छ । रिसोर्टको निर्माणसँगै यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सिर्जना हुने विश्वास कम्पनीले लिएको छ । रिसोर्ट बनाउनका लागि करिब ३५ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान कम्पनीको छ ।

यो पनि पढ्नुहोस्

नेपालकै पहिलो मनकामना केबलकार २४ वर्षमा प्रवेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !