४ बैशाख २०८१, मंगलबार

‘पदयात्रा पर्यटन प्रवद्र्धनमा काम गर्छाै’


टान

पोखरा, २० कात्तिक । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औ साधारण सभाबाट निर्वाचित अध्यक्ष सुशीलराज पौडेलले पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा लागि पर्ने बताउनुभएको छ ।

रासससँग कुराकानी दिदै उहाँले कोरोनाको विषम परिस्थितिले पर्यटन क्षेत्र धरासयी भएको उल्लेख गर्दै कोरोना कहरका बीच सुरक्षा रणनीति अबलम्बन गरेर पर्यटनमा नयाँ सोच खोजको विकास जरुरी रहेको धारणा राख्नुभयो । उहाँले अर्बौको लगानी रहेको पर्यटन क्षेत्रबाट व्यवसायीलाई पलायन हुन नदिन र पर्यटनमा आश्रित मजदुरहरुको जीविकोपार्जननै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । नवनिर्वाचित पौडेलले अदुरदर्शी, अवैज्ञानिक विकासले नेपालमा प्रसिद्ध पदमार्ग विस्थापित हुँदै गएकाले पदमार्गको संरक्षण र नयाँ पदमार्गको खोजीका लागि नयाँ नेतृत्व सक्रिय रहने भनाइ थियो ।

सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्णराज आचार्य विजयी हुनुभएको छ । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित हुनुभएको छ । सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित हुुनुभएको । दुई सदस्य भने पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिनुभयो ।

राससकर्मी शर्मा सम्मानित

सो अवसरमा टानले पर्वतीय एवम् पदयात्रा पर्यटनको विकासमा पत्रकारिता मार्फत योगदान पु¥याएको जनाउँदै राससकर्मी जमुनावर्षा शर्मालाई नगद १० पुरस्कार राशी सहित सम्मान गरिएको थियो । उहाँलाई गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । संस्थाले पत्रकार महासंघ गण्डकी प्रदेशको भवन निर्माण सहयोगार्थ ५० हजार प्रदान गरेको थियो । टानले संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने साथै हिमपहिरोमा परेकाको उद्धारमा खटिने सदस्य सहित दर्जन बढीलाई सो कार्यक्रममा प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !