१३ बैशाख २०८१, बिहिबार

साउन १५ देखि होटल, रेस्टुरेन्ट खोल्न दिने सरकारको निर्णय


जापानका नेपाली व्यवसायी

काठमाडौँ, साउन ६ । नेपाल सरकारले आगामी साउन १५ देखि होटल, रेस्टुरेन्ट खोल्न दिने सरकारको निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

नेपाल सरकारका प्रवक्ता डा. खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्ड अनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको बारेका छन् । मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको हो ।

साथै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरु गर्न दिइने भएको छ ।प्रवक्ता ड़ा. खतिवडाका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्ड अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरु सञ्‍चालन गर्न पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !