६ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, डार्क चकलेटले तपाईलाई राम्रो प्रेमी बनाउँछ ?


चकलेट

१० जेठ, काठमाडौं । अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा ‘प्रेम रसायन’ फिनाइलइथाइलामाइन (पीइए) हुन्छ । कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ । साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ । तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ ।

हेर्नान कोर्टेस १६ शताब्दीका एक स्पेनी कंक्विस्टेडर (अमेरिकी महादेशका भूभाग कब्जा गर्न खटाइएका लडाकू) थिए जो माया तथा एज्टेक साम्राज्यहरूमा पुगे । हाल मेक्सिको रहेको सम्पूर्ण जसो भूभाग कब्जा गरेर उनले क्यास्टिल साम्राज्यको अधिनमा ल्याए । चकलेटको सम्पर्कमा आउने पहिलो युरोपेली उनै भएको ठानिन्छ ।-बीबीसीवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !