८ बैशाख २०८१, शनिबार

हरेक दम्पतिले सुत्नुअघि गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु


सुत्नु

हरेक दम्पतिले सुत्नुअघि गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु । श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । कहिलेकाहीँ यस्ता हुन्छ की विवाहको केही समयपछि सबै कुरा सामान्य रहेको बेला एकाएक केही उल्झन देखा पर्न थाल्दछ जसले वैवाहिक जिवनलाई नै बर्बाद बनाउने जोखिम हुन्छ ।

शायद तपाइँलाई विश्वास नलाग्न सक्छ तर कहिलेकाहीँ सुत्ने आनीबानीलाई लिएर समेत पति र पत्नी बीचमा डिभोर्सको स्थिति पैदा हुन्छ । हरेक ठाउँ आफ्ना केही नियम र शर्तहरु हुन्छन् मान्छेका । त्यसैले बेडरुममा पनि केही कुरामा विशेष ध्यान दिनुपर्छ । कहिलेकाहीँ अनजानमा गरिएका गल्तीहरु सम्बन्धमा भारी पर्न सक्दछन् । त्यसैले यी नियमहरु पालना गरी तपाइँले पनि आफ्नो वैवाहिक सम्बन्धलाई नयाँ रंग दिन सक्नु पर्दछ । हरेक दम्पतिले सुत्नुअघि गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु यस प्रकार छन् ।

१. सुत्ने समय एउटै गर्नुहोस

यदि तपाइँ पति पत्नी दुबै जनाको सुत्ने समय फरक-फरक छ भने सबैभन्दा पहिले यो बानीलाई सुधार्नुस् । कोसिस गर्नुहोस् की तपाइँ दुईजना सँगै सुत्ने । दुई जनामा एकजना मस्त निदाइरहने र अर्कोले आफ्ना काम रातभर गरिरहने नहोस् ।

२. सुत्नुभन्दा १ घण्टा अघि ल्यापटप, मोबाइल तथा टेलिभिजन थन्काउनुहोस्

कोसिस गर्नुहोस्, सुत्नुभन्दा पहिले तपाइँको हातमा मोबाइल नहोस् । बेडरुममा टिभी पनि नराख्नुस् । सम्भव छ भने एउटा म्यूजिक प्लेयर राख्नुहोस् ता की रातमा मन्द स्वरको संगीतको मज्जा लिन सकियोस् । सुत्नुभन्दा अघिको समयमा ल्यापटप, मोबाइल तथा टेलिभिजनमा समय खर्चिनुको साटो पार्टनरसँग गफिएर समय काट्नु राम्रो हुन्छ ।

३. एकअर्कामा पूरा ध्यान राख्नुहोस

एकअर्कामा पूरा ध्यान दिनुहोस् । तपाइँका स-साना तारिफले पनि पार्टनरमा ठूलो स्थान राख्दछ । कोसिस गर्नुस्की सुत्नुभन्दा पहिले तपाइँले आफ्नो पार्टनरलाई यो अनुभुति गराउनुस्की ऊ आफ्नो लागि कति स्पेशल छ । यस्तो महिनामा एक पटक होइन हरेक दिन गर्नुपर्छ ।

४. प्रेम दर्साउनुहोस्

अलग अलग तरिकाले प्रेम दर्साउनुहोस् । छोएर, प्रसंसा गरेर प्रेमको अनुभुति दिलाउनुहोस् ।

५. गुडनाइट भन्नुहोस

गुडनाइट किस दिन नभुल्नुहोस् । स-साना कोसिसहरुले पनि माहोललाई सकारात्मक बनाइदिन्छ र आपसी सम्बन्धलाई मजबूत बनाउँछ भन्ने कुरा नभुल्नुस् । त्यो सँगै रात्रीकालीन सत्र त छँदैछ ।

यो पनि पढनुहोस्

श्रीमान श्रीमती वीच बलियो सम्बन्ध पार्ने महत्वपूर्ण टिप्सहरु

श्रीमतीलाई अत्यन्तै माया गर्छन् यी चार राशी भएका पुरुषहरुले


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !