७ बैशाख २०८१, शुक्रबार

श्रीमतीलाई श्रीमानले खुशी बनाउने २५ टिप्सहरु


श्रीमतीलाई श्रीमानले खुशी बनाउने २५ टिप्सहरु

श्रीमतीलाई श्रीमानले खुशी बनाउने २५ टिप्सहरु । श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । विवाहपछि स्त्री र पुरुषको सम्बन्धलाई पूर्ण रुपमा सही र शुभ मानिन्छ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ ।

पतिपत्नी बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ । त्यसैले विवाहित पतिपत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वैवाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दैछ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसी पार्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? प्रत्येक श्रीमानले पढ्नुपर्ने, श्रीमतीलाई श्रीमानले खुशी बनाउने टिप्सहरु यस प्रकार छन । यी टिप्सहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन ।

१. काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउनुहोस् ।

२. कुनै अन्य राम्री केटीसंग तुलना गर्दै नगनुहोस् । बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्नुहोस् ।

३. भूलेर पनि श्रीमतीका बाबुआमाको नराम्रो पक्ष ननिकाल्नुहोस् । सकेसम्म माईतीको कुकुर र भैसीको पनि भरपूर तारीफ गर्नुहोस् ।

४. घर सफा गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने गर्नुहोस् । अफिसको लागि आफ्नो खाजा आफै पोको पार्नुहोस्।

५. बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने गर्नुहोस् । रक्सी पिउन मन लागे गोजीमा २ दाना ल्वांग र लसुन बोकेर हिड्नुहोस् । घर प्रवेश गर्नुपूर्व चपाउनुहोस् ।

६. आफू जतिसुकै व्यस्त भएपनि दिउँसो २/३ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने गर्नुहोस् । विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्नुहोस् ।

७. श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनि, तिम्रो हात त सारै मिठो छ भन्ने गर्नुहोस् । खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने गर्नुहोस् ।

८. पुराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तिम्रो पछी परेको भन्ने गर्नुहोस् ।

९. प्रत्येक कुराको अधिकार श्रीमतीलाई दिनुहोस् । उसको योजना गलतै भएपनि सम्झौतामा श्रीमतिको निर्णयमा सहमत हुनुहोस् ।

१०. अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउनुहोस् तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने गर्नुहोस् ।

११. श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने गर्नुहोस् । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नुपर्नेछ ।

१२. श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने गर्नुहोस् । बजार जाँदा आउदा श्रीमतीको झोला बोक्ने गर्नुहोस् ।

१३. श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोए झै गर्ने गर्नुहोस् ।

१४. आफु जहाँ गएपनि मोबाइलको लोकेशन ट्र्याकर On राखेर हिड्ने र कसलाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने गर्नुहोस् । यो कुरा विशेषगरी युरोप र अमेरिकामा लागु हुन्छ ।

१५. सकेसम्म सत्य बोल्दिनुहोस् । झुठै बोल्नु परे अली गम्भीर भएर, हो की झै पारेर बोल्ने गर्नुहोस् । कहिलेकाहिँ झुट पकड़े बोलेमा म जिस्केको भनी ठट्टा गर्ने गर्नुहोस् ।

१६. बेला-बेला घुम्न लैजाने गर्नुहोस् । बजार पुगे लगतै श्रीमतीलाई बैंक कार्ड र पर्स दिने अनि मन लागेको किन भनी लुरुलुरु दिनभर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने गर्नुहोस् । यो कुरा विशेषगरी युरोप र अमेरिकामा लागु हुन्छ ।

१७. अफीसको कामले दिक्दार भएपनी घरमा प्रवेश गर्ने बित्तिकै खिस्स हास्ने र चुलो चौकामा साथ दिने गर्नुहोस् ।

१८. श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने गर्नुहोस् ।

१९. आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने गर्नुहोस् । श्रीमतीका नराम्रा कुरा गर्दै नगर्नुहोस् ।

२०. श्रीमतीले ल्याईदिएको सामान मन नपरेपनि आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने गर्नुहोस् ।

२१. श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिका टिप्पणी नगर्नुहोस् । सोधिहाले, अप्सरा झै देखिएकी छौ भनेर कालो टिका लगाई दिने गर्नुहोस् ।

२२ . श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्नुहोस् ।

२३. श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैची झै थुतुनो नचलाउनुहोस् ।

२४. बिपनाको कुरा छाडौ, सपनामा पनि परस्त्रीको सपना नदेख्ने गर्नुहोस् । देखी हाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउनुहोस् ।

२५. फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने गर्नुहोस् । सलाईको काटीले चुलो मात्र होईन घर पनि जलाउन सक्छ । (गणेश ज्ञवालीको फेसबुकवाट)

यो पनि पढनुहोस्

श्रीमान र श्रीमती वीचको सम्वन्ध बिग्रिने कारणहरु

श्रीमान श्रीमती वीच बलियो सम्बन्ध पार्ने महत्वपूर्ण टिप्सहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !