७ बैशाख २०८१, शुक्रबार

यस्तो छ तान्त्रिक यौन सम्बन्धको अर्थ !


यौन सम्बन्ध

एजेन्सी, पछिल्लो समय भने दक्षिण एसियामा तान्त्रिक यौन सम्बन्धले युवा पुस्तामा चर्चा पाएको छ । युवाहरुले यौन सम्बन्ध कायम गर्ने वातावरण शान्त, खुला र एकान्त ठाउँको खोजी गरेर तान्त्रिक यौन सम्बन्ध बनाउन थालेका छन् । युवाहरुले अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्था गरेर गरिने यौन सम्बन्धलाई तान्त्रिक यौन सम्बन्ध भन्छन् । यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्दा एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति हुन्छ । शान्त वातावरणमा समान गतिमा स्वास लिएर दुवैजनाले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् । शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप बिस्तारै बढ्न थाल्छन् । दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने यौन क्रियालाई तान्त्रिक यौन सम्बन्ध भनिन्छ । तान्त्रिक यौन सम्बन्धले साँच्चिकै युवायुवतीबीच घनिष्ठता कायम हुन्छ । कोलाहल र अस्तव्यस्त जीवनशैलीले शारीरिक सम्बन्ध पनि राम्रो नहुँने भएकाले पछिल्लो समय युवा पुस्ताले यस्तो वातावरण खोज्ने र तान्त्रिक यौन सम्बन्ध कायम गर्ने प्रचलन बढ्न थालेको छ ।नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो यौन सम्बन्धको तरिका बढ्दै गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !