७ बैशाख २०८१, शुक्रबार

योनी क्यान्सर भएको थाहा पाउने तरिका र बच्ने उपायहरु


एजेन्सी, विशेष महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर एक हो । वैज्ञानिक आविष्कारसँगै क्यान्सरको प्रकृति हेरी उपचार सम्भव भएको छ । यौनाङ्गका कोषिकाहरू असामान्य रुपमा वृद्धि भई त्यसको नकारात्मक प्रभाब देखिनु नै योनीको क्यान्सर हो । योनीकोे क्यान्सर पाँच प्रतिशत महिलामा लाग्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनको तथ्यांकमा उल्लेख छ । योनीको क्यान्सर हुने कारण ह्युमन प्यापुलमा भाइरसको संक्रमण, कुनै पनि छालामा लाग्ने रोगलाई बेवास्ता गर्दा योनीको क्यान्सरको रुपमा परिणत हुन सक्छ । धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु, योनी फोहोर राख्नु र महिनावारी भएको बेला फोहोर कपडा वा प्याडको प्रयोग गर्नाले क्यान्सर हुनसक्छ ।

योनीको बाहिरी भागको छालाको रंग सेतो सेतो देखिने गरि परिवर्तन हुनु, योनी वरीपरिको छाला चिलाउनु, योनी पोल्नु र सेतो पानी बग्नु जस्ता आदि यसको लक्षण हुन् । यसवाट पनि बच्ने उपायहरु रहेका छन् । सधैं योनी सफा राख्ने, धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने, स्वस्थ खानपानमा ध्यान दिने, कम्तीमा वर्षको एक पटक योनी परीक्षण गराउने जस्ता आदि हुन् । हाम्रो समाजमा यौनाङ्गमा लाग्ने रोगको बारेमा खुलेर अझै पनि कुरा गर्न संकोच मानिन्छ । जसले गर्दा योनीमा धेरै रोग लाग्ने सम्भावना बढी छ । यस्तो अवस्था आफैले बेला बेलामा योनीको राम्ररी अवलोकन गर्ने । कुनै संका लाग्न साथ गराउने परीक्षण ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !