७ बैशाख २०८१, शुक्रबार

चिसोमा छाला सुख्खा हुनबाट बच्ने उपायहरु


beauty

एजेन्सी, जाडो बढेसँगै हाम्रो छालामामा विभिन्न प्रकारका समस्या देखापर्न सक्छन् । चिसो मौसमका कारण छाला सुख्खा हुने समस्या नै बढी हुन्छ । चिसोले हाम्रो छाला यसै पनि सुख्खा हुन्छ जसले गर्दा चिलाउने बढ्छ । बच्चामा पनि छालाको समस्या आउन सक्छ । लुतो चाहिँ जाडोमा देखिन्छ । किनकी अरु बेलाभन्दा जाडो मौसममा मानिस कम नुहाउँछ । जसले गर्दा यस्ता किसिमका समस्या देखिन सक्छ । जाडोमा छालामा सुख्खापन बढ्ने हुन्छ । सुख्खा छालाले अनुहारमा एक प्रकारको अप्ठ्यारो महसुस हुन्छ । विशेषगरी गालाको भाग तथा मुखको वरिपरि सुख्खापन देखा पर्छ । अनुहार चिलाउनु सुख्खापनको पहिलो चरण हो । कुर्कुच्चा कडा भएको महसुस हुन्छ भने संक्रमण जस्तो अनुभव गर्न सकिन्छ । जाडोमा छाला सुख्खा हुने भएकाले छालामा कत्ला पर्छ । हात र खुट्टामा चिलाउने बढी हुन्छ । त्यसैले आफ्ना हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ ।

सबैभन्दा राम्रो मोस्चराइजर लगाउँदा हुन्छ । जाडोमा छाला सुख्खा हुनबाट बचाउन मोस्चराइजर लगाउनुपर्‍यो । भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ । विज्ञापनमा जे देख्यो त्यही लगाउनुपर्छ भन्ने छैन किनकी सबै छालालाई त्यो उपयुक्त नहुन पनि सक्छ । कुनै साबुन प्रयोग गर्दा त्यसले एलर्जी गराउने सम्भावना बढी हुन्छ । मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ ।घामबाट जोगाउने क्रिमहरु जाडोमा पनि उत्तिकै जरुरी छ । लगाउन परे जाडोमा क्रिम जेलयुक्तभन्दा क्रिमयुक्त लगाउन उपयुक्त हुन्छ । घाममा बस्ने हो भने मुख छोपेर बस्नुपर्छ । धेरै बेर बस्नुहुँदैन । जाडोमा कत्ले रोग बढ्छ । कसैलाई उनीको लुगाले पनि एलर्जी निम्त्याउने हुन्छ । त्यसैले यसमा पनि अलि सावधानी अपनाउन जरुरी छ । जाडो तथा गर्मी दुवैमा छालाको समस्या आउँछ । आफ्नो छालामा कुनै समस्या आएको छ भने औषधि डाक्टरको सल्लाह मागेर मात्र लगाउँ, नत्र छाला बिग्रन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !