१३ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, सम्बन्ध राम्रो बनाउनका लागि यौन सम्पर्क आवश्यक छ की छैन ?


बीबीसी, कयौ जोडीबीच यौनसम्पर्कका लागि अनुकुलता नहुँदा सम्बन्ध टुट्ने पनि गरेको विभिन्न अध्ययनहरुले देखाउने गर्दछन् । दुवैजना मध्ये कुनै एकजना धेरै डिमाण्डिङ हुनुहुन्छ वा एकजनाको यौनक्रियाकलापबाट अर्कोलाई सहजता महसुश हुदैन भने बुझ्नुहोस् तपाई दुईको यौनजीवन राम्रो छैन जबरजस्ती एकले अर्कोलाई झेलिरहनुभएको छ । आपसी सन्तुष्टि अति आवश्यक सेक्सको मतलव भनेकै दुवै पाटर्नरबीचको खुशी तथा सन्तुष्टिका लागि गरिने कोशिस हो । सेक्सका दौरानमा एकजना क्लाइमेक्समा पुग्ने र अर्को शिथिल भइसक्ने अवस्था कहिल्यै पनि आउन दिनुहुन्न यसका लागि दुवै पार्टनर यौनसम्बन्धमा बराबर तृप्त हुन जरुरी छ । सेक्स ड्राइभको गति समान हुनुपर्ने सेक्समा कामइच्छाको पनि महत्वपूर्ण भूमिका रहने गर्दछ । के तपाई दुवै पाटर्नरको सेक्स ड्राइभ अलग अलग छ ? दुवैजना मध्ये एकजना बढी क्रियाशिल हुने र अर्को जना कम क्रियाशिल हुने समस्या छ भने यसको असर सोचमा पनि पर्ने गर्दछ जसले दैनिकी र पूरा जीवनमा नकारात्मक असर पर्न पनि सक्दछ । तुलना नगरौं सेक्सको विषयलाई लिएर कुनै पनि प्रकारको तुलना गर्नु हुदै हुन्न । पाटर्नर मध्ये कोही एक पनि सेक्सको तुलना आफ्ना बितेको कुनै सम्बन्ध वा व्यक्तिसँग गरिरहन्छ भने त्यसले वर्तमान समयको सेक्स लाइफ बर्बवाद गरिदिन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !