, यस्ता सङ्केत देख्न थाल्यो भने व्यायाम गर्न छोड्नुहोस्

यस्ता सङ्केत देख्न थाल्यो भने व्यायाम गर्न छोड्नुहोस्

एजेन्सी, सामान्य व्यायामको लागि १५० मिनेट अनि भारी व्यायामको लागि ७५ मिनेट समय छुट्याउनुपर्ने ‘अमेरिकन हार्ट एसोसियसन’ले सुझाव दिएको छ । तैपनि जोशमा आएर शरीर तातेको मौका पारी तीव्र व्यायाम गर्नु पनि राम्रो हुँदैन, विशेष गरी मुटुको समस्या हुने व्यक्तिले त झन् लापरवाही गर्नै हुँदैन । किनभने यस्तो अवस्थामा भारी व्यायाम गर्दा खतरनाक अनि घातक समस्या पनि आउने सम्भावना हुन्छ । कहिलेकाहिँ कसरत गर्दागर्दै आफूलाई नै असामान्य महशुस हुन थाल्यो भने बुझ्नुहोस् कि ‘बढि भयो’ ।

चिकित्सकको परामर्श लिनुभएको छैन ।
मोटोपनाको समस्या छ ।
मुटु दुख्न थाल्यो ।
अकस्मात सास फेर्न गाह्रो भयो ।
रिँगटा लाग्न थाल्यो ।
मांशपेसी बाउँडियो ।