१३ बैशाख २०८१, बिहिबार

चुरोट छोड्ने यी तरिकाहरु


एजेन्सी, चुरोटको लत सबैभन्दा नराम्रो लत हो । यसको कुलतमा वृद्धदेखि युवासमेत फँसेका हुन्छन् । बानी लागेको थाहा नहुने अनि छुटाउन समस्या पर्ने यो लतका शतप्रतिशत बेफाइदा मात्र छन् । हामीले बच्चादेखि नै पढ्दै आएका छौँ कि यसले फोक्सो, घाटाँ, मुख देखि दिमागमा समेत भयानक असर देखाउँछ । तसर्थ चुरोट छुटाउनुपूर्व लतको कारण बुझ्नु अत्यन्त आवश्यक छ । चुरोटमा हुने निकोटिनले खुसी तथा सन्तुष्ट भएको बेला सक्रिय हुने दिमागको एक विशेष भाग सक्रिय हुन्छ। यसरी खुसी भइँदा दिमागमा डोपामिन नामको एक हर्मोन पैदा हुन्छ ।

यी कुराहरमा विशेष ध्यान दिने हो भने छुटाउन सकिन्छ चुरोटको लत ।
चुरोट छोडेकाको संगत गर्ने
लेख्ने गर्ने
छोड्ने मिति तोक्ने
हरेस नखाने
कारण पत्ता लगाउने
तरिका परिवर्तन गर्ने
चुरोट कहिल्यै नखाएकाको संगत गर्ने
चुरोट छोड्नुको फाइदा याद गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !