७ बैशाख २०८१, शुक्रबार

ख्याल गर्नुहोस्, यदि तपाई पनि सुन्दर अनुहार चाहनुहुन्छ भने सुत्नुअघि यसो गर्नुहोस्


sleep

एजेन्सी, दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ । कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा गर्नु उत्तम हुन्छ । दिनभरको धुवाँ, फोहोर, धुलोमैलो सफा गरेर मात्र सुत्नुपर्छ । त्यसका लागि हरेक दिन फेसवासले मुख धुन बिर्सनुहुँदैन । अनुहारको सफाइका लागि स्क्रबको पनि त्यतिकै महŒव हुन्छ । तर, हरेक दिन स्क्रब नगर्नु राम्रो हुन्छ । हप्तामा दुई या तीन दिन सुत्नुअघि स्क्रब गर्दा अनुहार सफा र चम्किलो हुन्छ । फेसप्याक लगाउनु पनि आवश्यक हुन्छ । नेचुरल फेसमास्क लगाउन सकेमा झन् उत्तम हुन्छ । अन्यथा, आफ्नो स्किल टाइपअनुसार बजारमा पाइने गुणस्तरीय फेसप्याक खरिद गरेर लगाउँदा फाइदा हुन्छ । सुन्दरता कायम राख्न पोषण त्यतिकै आवश्यक हुन्छ । त्यसैले प्रोटिनयुक्त लोसन प्रयोग गर्नु फाइदाजनक हुन्छ । विशेषगरी, सुत्नुअघि समय मिलाएर अनुहारमा मोस्चराइजर लगाउनु बिर्सनुहुँदैन । यसले छाला फुस्रो तथा सुक्खा हुन दिँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !