६ बैशाख २०८१, बिहिबार

थाहा पाउनुहोस्, यौन सम्पर्क गर्नेहरु सुन्दर हुनुको रहस्य


एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । त्यतिमात्र नभई बैवाहिक जीवन सुखी बनाउन सेक्स जीवनको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ । झट्ट सुन्दा कमैलाई पत्यार लाग्ला, यौन सम्पर्कले मान्छेलाई सुन्दर बनाउँछ भन्दा । तर, एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले भने यस्तो देखाएको छ ।

अनुसन्धानमा उल्लेख भए अनुसार स्वास्थ्य ढंगले सेक्स गर्नेहरु सुन्दर हुन्छन् । खानपिनमा ध्यान दिने तथा स्वस्थ रुपमा गरिने सेक्सले मुहारमा सुन्दरता आफैँ ल्याउने पनि अनुसन्धानले देखाएको छ । सहि तरिकाले सन्तुलित रुपमा गरिने सेक्सले मनमा आनन्द र शान्ति मिल्ने तथा सोही कारण मनको आनन्द मुहारमा झल्किने हुँदा मानिसहरु सुन्दर देखिने अध्ययनमा उल्लेख छ । सेक्सको विषयमा अध्ययन र अनुसन्धानको बाटो पश्चिमा मुलुकमा खुला छ, जहाँ यसको विषयमा खोज अनुसन्धान हुँदै आएका पनि छन् । सेक्सले मानिसलाई स्फूर्तीका साथै स्वास्थ्य र सुन्दर बनाउने तथ्य पनि सार्वजनिक भैसकेको छ ।

सेक्सले मानिसलाई यसकारणले पनि सुन्दर बनाउँछ कि सेक्सले मोटोपन घटाउने र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश मद्दत पुग्दछ । जब मानिस निरोगी हुन्छ तव उसको भित्रको सन्तुष्टी बाहिर आउँछ र उसलाई फुर्तिलो पनि देखिन्छ । सेक्सले कपाल र अनुहारमा चमक आउने पनि उल्लेख छ भने यसको लतले भने खराव हुने देखाएको छ । यौन सम्पर्कको बेला कोलेजन हारमोन अत्यधिक उत्पादन हुने हुँदा यसले छाला सुन्दर र कोमल बनाउने समेत उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !