८ बैशाख २०८१, शनिबार

फलफूल खाने यस्ताे तालिका बनाउनुहाेस् 


fruits-1-1024x726

फलफूलले मानिसकाे शारीरिक वृद्धि र मानसिक विकासकाे लागि सहयाेग गर्ने गर्दछ  । तर कुन फलफूल कतिवेला खाने भन्ने राम्राे जानकारी हुन सकेन भने फाइदाभन्दा वेफाइदा बढि हुन सक्दछ । त्यसैले कतिबेला कस्तो फलफुल खाने भन्ने विषयमा सामान्य टिप्स लिनुहाेस् :-

बिहान खाने फलफूल

मानिसले सामान्यतया बिहानमा परिश्रम वा काम गर्छन् । बढी काम गर्ने मानिसहरुले यो समयमा बढी फाइबरयुक्त फलफूल खानुपर्छ । स्याउ, अनार र केरा बिहान खानु उत्तम हुन्छ । अमिलो फलफूलले एसिडिटी निम्त्याउने भएकोले बिहानी समयमा यी फलफूल सकभर नखानुहोस् ।

ब्रेकफास्टपछि र लन्चअघि कस्ता फलफूल खाने ?

अमिला तथा गुलिया सिट्रस वर्गका फलफुल खाने उपयुक्त समय हो यो । गुलिया र भिटामिन सीयुक्त जस्तै चेरी, स्ट्राबेरी यो समयमा खानुपर्छ । एन्टिअक्सिडियन्ट, फाइबर र क्यालोरियुक्त फाइबर सबैभन्दा बढी उपयुक्त हुन्छ ।

साँझमा कस्ता फलफुल खाने ?

साँझ ६ बजेपछि तपार्इंको शरिरको मेटाबोलिक दर बिस्तारै घट्दै जान्छ, जसका कारण शरिरले क्यालोरीलाई उपयोग गर्ने क्षमतामा क्रमिक ह्रास आउछ । उच्च क्यालोरियुक्त आँप साँझ परेपछि कुनै पनि हालतमा खानुहुन्न । बरु खरभुज, सुन्ताला, चेरी लगायतका उच्च फाईबरयुक्त फलफुल खानुपर्छ ।

डाइटिङ गर्नेले कस्ता फलफुल खाने ?

रातको भोक मेट्ने फलफूल धेरै मानिसको के मान्यता छ भने डाइटिङ गरेको छु भन्दै रातको समयमा धेरै भात र थोरै फलफूल खान्छन् । तथापी उनीहरुले तौल घटाउन सक्दैनन् । किनकी उनीहरुले गलत समयमा गलत फलफुल छनौट गरेका हुनुपर्छ । तसर्थ तौल घटाउन चाहने व्यक्तिले न्यून क्यालोरियुक्त फलफुल खानुपर्छ ।

रातको समयमा कस्तो फलफुल खाने ?

राती सुत्नेबेलामा सामान्यतया फलफूल खाईदैन । तर खानै परे पनि हल्का  खाने गरिन्छ । यो सममा फाइबर भएका तर बढी क्यालोरि नुहने सिमित फलफूल खान सकिन्छ । तर राती सुत्ने बेलामा खरभुजा, चेरी र सुन्तला नखानुहोस किनकी त्यसले एसिडिटी निम्ताउन सक्छ ।

तपाईले अनार, स्याउ, केरा, आँप लगायत सबै फलफुल लिनु पनि आवश्यक छैन । यदि पिसाब नलीमा संक्रमण छ भने अनार खानुहोस् । यसले शरिरबाट विष र विकार फालिदिन्छ तर उच्च रक्तचाप भएको व्यक्तिले अनार खानुअघि होसियार हुनुपर्छ ।

याे पनि पढ्नुहाेस्

यस्ता छन् केराको फूलका फाइदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !