१३ बैशाख २०८१, बिहिबार

ज्ञानेन्द्रकी नातिनी पूर्णिकाको सरकारलाई कोरोना नियन्त्रण गर्न ५ सुझाव


हिमानी शाह

काठमाडौँ, जेठ ५ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी तथा पारस शाह र हिमानी शाहकी छोरी पूर्णिका शाहले नेपाल सरकारलाई कोरोना नियन्त्रण गर्न ५ वटा सुझावहरु दिएकी छिन् । आफ्नो सामाजिक संजाल फेसबुक पेजमा आज एउटा पोष्ट गर्दै उनले यसरी काम गरे धेरैमा ३ महिनामा कोरोन भाइरस पूर्ण नियन्त्रण आउने बताएकी छन् ।

यस्तो छ उनको पोष्ट

यसरी काम गरे धेरैमा ३ महिनामा पूर्ण नियन्त्रण आउनेछ ।

१. भारतीय सीमामा भएका विदेशबाट आउने चाहने नेपालीहरुलाई अविलम्ब कोरोना टेस्ट गर्दै छिराउनुहोस् । जसको रिपोर्ट पोजेटिभ आउँछ उहाँहरुलाई उतै देशमा राजदुतावासको सहयोगमा उपचार हुने ब्यवस्था मिलाउनुहोस् ।

– यसो हुँदा लुकिछिपी सीमा पार गरेर कोहि पनि आउने छैनन र ट्रयाक् गर्न पनि सजिलो हुन्छ ।

२. हस्पिटलका डाक्टर, नर्स, एम्बुलेन्स चालक, कर्मचारीहरुको कोरोना टेस्ट गर्नुहोस र त्यहाँ भर्ना भएका सबै बिरामीहरुको कोरोना टेस्ट गर्नुहोस् । प्रत्येक हस्पिटलमा कर्मचारी र डाक्टरको टेस्ट गराईसकेपछी शुल्क लिएर नै भएपनि उक्त हस्पिटलमा आउने नयाँ बिरामीलाई गेट मै कोरोना टेस्ट गराउने ब्यवस्था गराउनुहोस् ।

– यसो गर्दा हस्पिटलबाट आगामी दिनमा कोरोना फैलने छैन ।

३. चोक-चोकमा भएका पसल, मार्ट, डेरी, बेकरी, कपडा पसल, मेडिकल आदि जस्ता भीड हुने ठाउँका ब्यापारीको र त्यहाँ सामान ओसार्ने ढुवानी कर्ताहरुको कोरोना टेस्ट गराउनुहोस् । त्यसपछी पसल-पसलमा पनि सामान किन्न आउनेलाई र्यापिड टेस्ट किटको ब्यवस्था गर्नुहोस् । पसलमा सामान किन्न आउने नयाँ ग्राहकलाई अनिवार्य र्यापिड टेस्ट गराउनुहोस् र प्रत्येक १५ दिनमा फेरि दोहोर्याउनुहोस् ।

सामान किन्न आउँदा कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाण चाहिने ब्यवस्था गर्नुहोस् ।

– यसो गर्दा बजारबाट र भीडभाड स्थलबाट कोरोना फैलने छैन ।

४) त्यत्रा प्रदेश, वडा, नगर, गाविस बनाउनुभएको छ । अरबौ खर्च हुनेगरि तलब र भत्ता खुवाएर वडामा सदस्य र अधक्ष भर्ती गरिएको छ । एउटा वडाबाट अर्को वडामा समेत जान नमिल्ने गरि पूर्ण रुपमा वडा – वडा सिल गर्नुहोस ।

– यसो गर्दा एउटा वडाबाट अर्को वडामा कोरोना फैलने छैन ।

५. त्यसपछिको चरणमा एक घर एक ब्यक्तिको टेस्ट गराउनुहोस् ।

– त्यसो हुँदा कुन घर सुरक्षित छ र कुन घर सुरक्षित छैन भन्ने कुरा ग्यारेन्टी हुन्छ ।

यदि यी ५ कामहरु गर्न सक्नुभयो भने सम्भावित कोरोना संक्रमितहरु सबै ट्रयकिंग हुन्छन् । कोरोना संक्रमण बढ्ने क्रम पनि रोकिनेछ । धेरैमा ३ महिना भित्रमा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउनेछ ।

यहाँनेर एउटा प्रश्न आउन सक्छ । त्यत्रो टेस्ट गर्नको लागि किट कहाँबाट ल्याउने ?

त्यसो हुँदा मात्र यो लकडाउन सफल हुन्छ । नत्र, लकडाउन भनेर जनता थुनिरहने । उता भुसमा आगो सल्किएको जसरी आगो सल्किइरहने हुन्छ । सरकार त पूर्ण रुपमा असफल हुने नै छ त्यो भन्दा ठूलो कुरा प्यारा जनताहरुले प्राण गुमाउनुपर्ने छ ।

यी विषय अविलम्ब लागू गर्नुहोस् सरकार । हामीले कोरोना नियन्त्रणको लागि भारतको हैन दक्षिण कोरियाको तरिका अपनाउनु पर्छ । भारतले लकडाउन बढाए यता पनि बढाउने, उता खोल्यो भने यता पनि खोल्ने, उता खुकुलो बनाउदा यता पनि खुकुलो बनाउने गरेर नेपालमा नियन्त्रण हुँदैन ।
यो देश र जनताको सधैं जय होस् ।
श्री पशुपतिनाथले सबैको कल्याण गरुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !