१३ बैशाख २०८१, बिहिबार

होशियार ! यस्तो कार्यले हुनसक्छ परिवार बर्बाद, समयमै सचेत बनौं


झगडा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

होशियार ! यस्तो कार्यले हुनसक्छ परिवार बर्बाद, समयमै सचेत बनौं । श्रीमान र श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा हुन् । यदि यी दुईमा खलल पुग्न गएमा घर बर्बाद हुन सक्छ । यो हरेक पुरूष र महिलाले बुझ्न आवश्यक छ । जुन घरमा परिवारको राम्रो हेलमेल छैन । झगडा मनमुटाब छ त्यो घर बर्बाद हुन सक्छ यो चाणक्य नीतिले भनेको छ ।

एउटा पुरूषले गर्न नसकेको काम एउटा महिलाले गर्न सक्छन् यो कटुसत्य हो । घर बनाउन होस् या बिगार्न किन नहोस् यसमा दुवैको गल्ती हुन सक्छ । श्रीमतीसंग बसेर रक्सी पिउदै गर्दा भविष्यमा यसकोआदत बस्न गई घर बर्बाद हुन सक्छ ।

विबाह भइसकेपछि कहिलेकाही सामान्य झै झगडा हुँदा श्रीमती माइत गएर महिनौं बस्छिन भनेपनि घरबार बिग्रन सक्छ,यस्तो हुनुमा पुरूष जिम्मेवार हुन्छन् । बिबाहित महिलाले परपुरूषलाई साथी बनाउदा पनि कालान्तरमा गएर यसले घरबार बिगार्न सक्छ ।

पुरूषले पनि आफ्नो घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसंग साथीको हात बढाउदा कालान्तरमा जमेको घर बर्बाद हुन सक्छ । यस्तो कार्य कोही कसैबाट हुनुहुदैन । हाम्रो समाजमा परस्त्री राम्रो देख्ने परपुरूष राम्रो देख्ने चलनका कारण कैयौं घर बर्बाद भएका घटना सुन्न सक्छौं ।

पुरूष बिग्रनुमा अर्को लत भनेको जाँडरक्सी, वियर, जुवा-तास पनि एक हो, यसले पनि घर बर्बाद हुन सक्छ । स्त्रीले यस्ता पुरूषदेखि घृणा गर्न सक्छन् यस्तो परिवारमा शान्ति कहिल्यै हुदैन । सानो-सानो बचतले ठूलो धनराशी हुन गई परिवारमा सुखका दिन आउन थाल्नेछ ।

हरेक पुरूषले चाहेमा घरलाई स्वर्ग बनाउन सक्छन् । आफ्नो परिवारलाई सुटेट-बुटेट बनाएर हिडाउदा अर्कै सान र इज्वत हुने र कुनै प्रकारको डर तरास पनि नरहने यो भन्दा आनन्दको जीवन अरू के हुन सक्छ । आजको समय भनेको अपडेट युग हो, अपडेट युगमा हामी पनि अपडेट भएर रहन सिक्नुपर्छ यसैलाई भन्दछन् बास्तविक जीवन ।

आनन्द नलिनुहोस् भन्न खोजेको होइन आनन्द लिनुहोस् । आफ्नै परिवारबाट खुशी हुनुहोस्, आफ्नै परिवारबाट यो नै वास्तविक जीवन हो सुख दु:ख विताउने माध्यम हो । आज हामी धेरै पछाडि हुनुको मुल कारण हो विकास नहुनु । यदि देशमा विकास हुने हो भने यसले अर्कै सन्देश प्रवाह गर्न थाल्दछ ।

झगडाको जड भनेकै आर्थिक कमजोर हुनु हो । यदि आर्थिक अवस्था सवल हुन्छ भने घरमा झगडा हुदैन, यो नै कटु सत्य हो । आज देशमा शान्ति छैन शान्ति खलल हुनुमा विकास कमजोर हुनु अरूको अगाडि हात थाप्नु प्रमुख हो ।

यदि सरकारले एक गाउँ एक उद्योगको एजेण्डा पास गरेर उद्योग खोल्न सकेको भए जनताको सवै उद्योगमा लाग्ने थिए । राजनीति गर्ने नहुँदा देशले चाँडो उन्नति गर्दै जाने थियो । कमजोर सोचका र परनिर्भरका कारण आज नेपाल पछि परेको छ यही नै यथार्थ हो ।

यो पनि पढनुहोस् 

मानिसले किन घमण्ड गर्छन् ?

के कलियुग शुरू भए‍र अन्त्य हुने अवस्थामा त छैन ?

घमण्डले आफूलाई मात्र नभएर क्षति गर्छ अरूलाई पनि

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !