१२ बैशाख २०८१, बुधबार

लोभ र मोह त्यागौं, यसो गरेमा हुनेछ जीवन सुखी


भगवान बुद्ध

एकपटक एकजना व्यक्ति सारा बन्धन तोडेर बुद्धको शरणमा पुग्छन् । भगवान बुद्धसंग उनले भन्छन्, ‘हे भगवान बुद्ध मेरो एउटा परिवार छ । बाबा आमा र एउटा छोरा सवै त्यागेर हजुरको शरणमा आइ पुगेको छु । म लोभ र लालचमा अब फस्न चाहन्न म रूखो सुखो जस्तोसुकै खान सक्छु’ भन्दै भगवान बुद्धसंग बिन्ती गर्दछ ।

यति सुनेपछि भगवान बुद्धले ठिक छ आज जाउ सुत, भोली कुरा गरौंला भनेर भगवान बुद्धले सुत्न पठाउनु हुन्छ । उसले राती यो पापी मनलाई कसरी हटाउने होला भनेर सोचेको हुन्छ । भोलिपल्ट विहानै भगवान बुद्धले उसलाई पल्लो गाउँमा जाउ त्यहाँ एकजना महिलासंग तिम्रो भेट हुन्छ उसले तिमीलाई केहि दिनेछिन् त्यो ल्याउनुपर्ने छ ।

यति सुनेपछि त्यो व्यक्ति त्यहाँदेखि हिड्छ । बाटोमा गर्मीले उसलाई थुप्रै दु:ख र पिडा दिएको हुन्छ तर पनि उ सवै बिर्सेर अगाडि बढ्दै जान्छ । जाँदा-जाँदा उ त्यस गाउँमा पुग्छ । त्यहाँ एकजना महिलाले उसलाई सोध्छिन् तपाईंलाई भगवान बुद्धले पठाउनु भएको हो यो कुरा मलाई थाहा छ भन्दै उसलाई भित्र बोलाउँछिन् । भित्र जाँदा उसलाई घरको याद आउछ ।

उसले त्यहाँ घरमा खाने गरेको मिठो मिठो बेन्जन खान्छ र ती महिलाई एकछिन आराम गर्न पाउन सकिन्छ भन्ने याचना गर्नै लागेको हुन्छ तर उ बोल्न नपाउदै ती महिलाले एकछिन आराम गर्नुस् थाकेर आउनु भएको छ । हजुर सुत्नुस् म हजुरलाई पंखा लगाइदिन्छु भन्दै सामान्ने बसेर पखा लगाइदिन्छन् । यो दृश्य त्यो व्यक्तिलाई अचम्म लागेर आउछ । उसले यो सवै त्यागेर हिडेको हुन्छ तर उसलाई त्यही सवै पाउँदैछ ।

उसले चाँदरबाट नियालेर ती महिलाको सवै शरीरमा ध्यान दिने गर्छ उ अति नै सुन्दरी देख्छ । उसका हात खुट्टा कम्मर सवै नियालेर हेर्छ । यो देखेपछि उसले मनै मन सोच्छ । कास यो महिलालाई पाए खुब आनन्द आउने थियो भन्दै कामबासनाले व्याकुल भएर ती महिलालाई नियालेर हेर्ने गरेको हुन्छ । यो दृश्य ती महिलाले हेरिरहिकी हुन्छन् न त्यतिकैमा समय बितेपछि ती पुरूषलाई उठाएर भन्छिन हे महापुरूष तपाईको हेर्ने नजरको सवै कुरा मलाई थाहा छ ।

हजुरले यो सवै भोगी सक्नु भएको छ । अब हजुरले जे हेर्दै हुनुहुन्छ यो शरीरमा केहि छैन । यो शरीर त केवल एउटा अस्थिपन्जर मात्र हो हजुर खेल्न चाहने हो भने शरिरसंग होइन यो मनसंग खेल्ने गर्नुहोस् । हजुरलाई यो शरीरमा होइन चेतनशील मनसंग खेल्ने गर्नुहोस् भनेपछि उसलाई लाज लाग्छ । क्षमा माग्दै उ त्यहाँबाट हिड्छ ।

बाटोमा सवै मैंले पाएको थिए त्यति राम्री श्रीमती बाबुआमा छोरा सवै त्यागेर म लोभलालच त्याग्ने सोचमा भगवान बुद्धको शरणमा आइपुगेको छु । अब म लोभ र लालचमा फस्नुहुदैंन भनेर सोच्दै भगवानको शरणमा पुग्छन् । भगवान बुद्धले हेर लोभ-लालच हामीले जबसम्म त्याग्न सक्दैनौं तबसम्म हामीले केही प्राप्त गर्न सक्दैनौं त्यसैले तिमीले अबदेखि शरीरसंग होइन यो मनसंग खेल्ने गर भनेर उपदेश दिन्छन् ।

यति सुनेपछि भगवान् छ मा गर्नुहोस् मैंले सवै त्यागेर हजुरको शरणमा आइपुगेको छु अब म के गरम भनेपछि जाऊ तिम्रो स्थान भनेको तिम्रो परिवार हो तिम्रो इन्तजारमा छन् उनीहरूलाई पालन पोषण गर र पछि आउ भनेर घर पठाएछन् । मान्छेको मनलाई बदल्न निकै कठिन हुन्छ । तर उसले शरीरसंग होइन मनसंग खेल्ने बिचारलाई दृढ बनाएर घर फर्कने सोचमा बुद्धसंग विदा भएर घर फर्कन्छन् ।

आज हाम्रो खराब सोचले गर्दा गलतमाथि गलत गर्दै जाने गरेका हुन्छौं। आफ्नो राम्रो हुँदा-हुँदै अरूलाई राम्रो देख्ने गरेका हुन्छौं । शरीर एउटै भएपनि हाम्रो यो खराब मनले गर्दा हामी गलत गर्दै गएका हुन्छौं । मन बचन र क्रमलाई ध्यानमा राखेर यदि हामीले सहि दिसा चुन्छौ भने हामीबाट गलत नहुन सक्छ । यो मनरूपी लगामलाई हामीले बाध्न सक्नुपर्छ । यो मन भनेकै पापी हुन्छ । यो पापी मनलाई हटाउन सके जीवन हाम्रो अवश्य सफल हुनेछ । लोभ-लालच सबैभन्दा खराब हो, यो लालचलाई हटाउन सके यो भन्दा ठूलो उपलब्धि अरू के हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !