अहिले नसोचे, कहिले सोच्ने : मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन Nepalpatra अहिले नसोचे, कहिले सोच्ने : मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन
७ जेष्ठ २०७९, शनिबार

अहिले नसोचे, कहिले सोच्ने : मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन


स्थानीय निर्वाचन

नवलपुर । आजकल साथीहरुलाई राजनीति सवैलाई लागेको छ । हामीले पछि फर्केर हेर्दा बहुमतले पनि देशको स्तरमा सुधार गर्न सकेन् । जनतालाई किन्नुपर्ने समय आइसकेको देखिन्छ । अबको समय भनेको राम्रो नेतृत्वको चयन हुनुपर्छ । तब मात्र देश र जनताको विकास सम्भव छ । नेतृत्व कुन राम्रो कुन नराम्रो बुझ्ने समय जनताको हो ।

जनताले दान दिँदा सोच्नुस् ताकी दिएको दान सहि ठाउँमा उपयोग हुन सकोस् । हाम्रा सन्तानलाई ग्रेजुयट पढाएर श्रम बेच्न बाध्य हुन नपरोस् । अहिले नसोचे कहिले सोच्ने यस विषयमा सवैको ध्यान पुग्न जरुरी छ ।

पार्टीवाद, नातावादमा हामी अल्झनु भनेकै देशलाई खाल्टोमा हाल्नु हो । यस विषयमा सवैको ध्यान पुग्न जरुरी छ । अब समय आएको छ सहि नेतृत्व छनोट गर्ने पालो यो समयलाई बियर र मासु खानुस् तर भोट हाम्रोलाई होइन राम्रोलाई हाल्नुहोस् यसैमा सवैको कल्याण हुनेछ ।

देशले सहि नेतृत्व खोजेको छ । हामीले पटकपटक भोट दिएर हेरि सकेका छौं । विकासको सपना देखाएर गलत गर्ने परिपाटी नेपालमा ब्याप्त छ । पैसा दिएर भोट खरिद गर्नेहरूबाट बिकास सम्भव छैन । धमिलो छबि भएका व्यक्तिले केवल भ्रष्टाचार गरेको ब्ल्याक मोनी चुनावमा खर्च गरेर आफ्नो बिजनेस बनायको हुन्छ । खर्च गरेर चुनाब लड्नेले देश र जनताको हितमा केही गर्नेवाला छैन ।

चुनाब नजिकै आउदै गर्दा भोट खरिद गर्ने काममा केही व्यक्तिहरू सक्रिय भएको खबर प्राप्त भएको छ । यस्ता व्यक्तिले दिएको रकम बुझ्नुस् किनकी यो पैसा गलत तरिकाबाट आयकाले यसको उपयोग जनताले गर्नुहोस् तर भोट भने राम्रो मान्छेलाई हाल्नुहोस् । अबको समय विकासको र सम्वृद्धिको हो यो समय खेर गए पछुताउनुपर्ने हुनेछ ।

यो समयलाई सदुपयोग गर्नुस् भन्ने हाम्रो राय छ । हिजो चुनेर पठाएकाले के गरे र भोलि के गर्नेछन् भन्ने कुरा हामीले यो समयमा बुझ्न नसकेपछि पछुताउनु सिवाय केही रहने छैन । देशको अबस्था दिन-प्रतिदिन कमजोर हुदै गएको छ । मागेर देशको विकास सम्भव कदापि हुन सक्दैन ।

यसतर्फ सबै नागरिकको ध्यान पुग्न जरुरी छ । सहयोगमा बनेका उद्योग समेत समाप्त पारेर मागेर देशको विकास हुन सक्छ भन्ने कमजोर सोचलाई हटाएर देश सुहाउदो विकास गर्न र बन्दभएका उधोग खोलेर देशका मेरूदण्ड युवाहरुलाई परिचालित गरेर देशको विकास गर्नुपर्ने समय आएको छ ।

नेपालमा जति पनि सम्झौता भए राष्ट्र हितमा केही भएका छैनन् । यस्ता कुरामा जनता चनाखो भएर अघि बढ्न सक्नुपर्छ र मात्र देशको विकास सम्भव छ । अन्तमा भोट हाल्दा गहिरिएर मात्र राम्रोमा स्वस्तिक चिन्नको छाप लगाउनु होला पैंसा लिएको छु भनेर इमान्दार नबन्नु होला ।

सिंगो राष्ट्रको भविष्य तपाईंहरुको सानो दानले बदल्ने छ । देशको मायाँ देशको निर्माण गर्नेहरूलाई मात्र हुन सक्छ । जसले कमाउने उद्धेश्य लिएर गएको हुन्छ । उसलाई केको स्वाद जसले कमाउने उद्धेश्य लिएर त्यहाँ पुगेको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !