११ बैशाख २०८१, मंगलबार

गाउँमा बसेर स्वास्थ्य सेवा दिँदाको अनुभव यस्तो छ


डा. शशांक कोइराला र डा. राम बहादुर बोहरा

नवलपुर । हिजो चैत १२ गते शनिबार हरेक मानिसको चाहना भनेकै स्वस्थ रहन पाउनु हो । हामीले ग्रामीण क्षेत्रमा बसेर यहाँका जनतालाई सेवा दिन पाउदा आफूलाई आनन्द आउने गरेको छ । २०३८/३९ सालतिर नेपालमा डाक्टरहरू प्राय: गाउँमा बस्न मन नपराउने र शहरमा बस्न रूचाउने हुनाले ग्रामीण भेगका जनताको सेवा त्यतिबेला घर-घरमा पुगेर स्वास्थ्य सेवा दिने गरेका थियौं ।

आज समय परिवर्तन भइसकेतापनि ग्रामीण भेगका जनताको पहुँच हामीसंग छ । हामीले गरेको सेवाबाट लाभ उठाउनेहरु अहिले पनि बाक्लो छ । कतिपय विरामीहरू रिफर गर्दासम्म नमान्ने र हामीले दिएका औषधिबाटै ठिक हुन्छौं भन्ने बिरामीको विश्वास हामीले जित्ने गरेका अनुभव आज पनि ताजा छ ।

हामीले औषधि खरिद गर्न धेरै टाढा पुग्नु पर्थ्यो । नारायणी नदिमा पुल नहुँदा डुंगामा चढेर औषधि लिन जाँदा डर लाग्थ्यो तर पनि डर नमानी औषधि ल्याएर हामीले यहाँका जनतालाई सेवा दिने गर्द थियौं । अहिले हामीले उपचार गरेका ठुला डाक्टर, इन्जिनियर, नेता भइसकेका छन् ।

म एक पटक काठमाडौं जाने क्रममा उहाँको नाम लिन चाहिन उहाँ मलाई देख्नासाथ कुर्सीबाट उठ्नु भयो र मलाई कुर्सीमा बस्न आग्रह गर्नुभयो । यो सम्मान देखेर मैले सोधें उहाँ सानो छदा निमोनिया भएको रहेछ । बाबा-आमाले आसा मारेको अवस्थामा मेरो उपचारबाट ठिक हुनु भएको रहेछ । यो थाहा पाउदा मलाई पनि गर्व महसुस भएको थियो । जसलाई मैले उपचार गरेको थिए आज उहाँ डाक्टर भइसक्नुभएको रहेछ ।

स्वास्थ्य सेवामा लामो समय बिताउनेहरूको कमी नेपालमा छैन तर सरकारले यस्ता व्यक्तिको सम्मान गर्न सकेको छैन । मलाई केही बर्ष पहिले भरतपुरमा पनि लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको भनेर एलोपेथिककका डाक्टरहरूले सम्मान गर्नु भएको थियो । यो सम्मान पाउनु पनि एउटा हौसला बढाउनु थियो । आज हामीले जडिबुटीको क्षेत्रकै कुरा गरौं । एउटा महत्वपूर्ण जडिबुटी अुनभव गरेका समाजमा उपचार गरेर यस पाएका व्यक्तिमै सीमित रहेको छ ।

यदि हामीले त्यस्ता व्यक्तिहरुलाई सम्मान दिने कार्यक्रम गरेको खण्डमा उउहाँहरूमा अझ हौसला बढाउन सकिने छ । मलाई २०१२ मा हिउमन वइलफर फाउन्डेसन कोलकाताको १५ औं इन्टरनेशनल कान्फ्रेन्सले अल्टर नेटिभ मेडिसिन एट साइन्स सिटी अडिटोरियम कोलकाताले मानव स्वास्थ्य अवार्ड-२०१२ मलाई दिएको थियो । यसले मलाई धेरै खुसी तुल्लाएको थियो ।

आज लामो समयपछि यस गण्डकी प्रदेशबाट हामीलाई छनोट गरि स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०७८ प्रदान गरेर जुन सम्मान गरेको छ । यसलाई हृदयदेखि सवैलाई धन्यवाद दिन चाहन्छु । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको केही झलकहरु तल दिइएको छ :

डा. राम बहादुर बोहरा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !