७ बैशाख २०८१, शुक्रबार

राजदरबार हत्याकाण्डको दोष किन पूर्वराजा ज्ञानेन्द्रमा थुपारिन्छ ?


पूर्व राजा

सवैभन्दा महत्वपूर्ण प्रश्न हरेक नेपाली माझ यो रहेको देखिन्छ । राजदरबार हत्या हुँदा राजदरबारमा नभएको व्यक्ति कसरी हत्यारा सावित भए यो सवैभन्दा पेचिलो प्रश्न बन्न पुगेको देखिन्छ । हरेक हत्याको पछि कानुन बनेको छ । हत्या सावित नभए हत्यारा भन्ने अधिकार कसैलाई पनि छैन ।

मैले हत्या गरेकै हुँ भन्नेलाई हत्यारा सावित गर्न नसक्ने कानुनले हत्या हुँदा बाहिर भएको व्यक्तिलाई हत्यारा सावित गर्न खोज्नु कहाँको कानुन हो । हामीले सवैभन्दा पहिले यो बुझ्न जरुरी छ । कौवाले कान लग्यो भन्दा कानको पछाडि भाग्नु पर्नेमा कौवाको पछि भाग्ने नेपालीको बानी कहिलै सुधार हुन सक्ने छैन ।

राजा ज्ञानेन्द्र २ पटक राजा बनेकालाई हत्या हुँदा सावित गर्नुको सट्टा राजगद्धीमा बसालेर भाइमाराको उपाधि दिने छट्टु स्यालको पछि लाग्ने जनतालाई मुर्खभन्दा खासै फरक छैन । राजा नै धर्म संस्कृति र संस्कार जोगाउनमध्ये एक हुन भन्दा खासै फरक छैन ।

आज हामी दुइ ढुङ्गा वीचका तरूल जस्ता छौं । हामीले दुवैबाट सहयोग लिएर अघि बढ्नुपर्छ । यिनीहरूबाट सानो राष्ट्रले दुश्मनी साध्नु भनेको आ बैल मुझे मार भन्नु हो । हिजो राजसंस्थाका पालामा सहयोगमा बनेका उद्योग समाप्त पार्नु भनेकै आफ्नो विश्वास अन्तर्राष्ट्रिय सामु गुमाउनु थियो ।

जनतालाई विदेशी डिजाइनमा लोकतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता घातक जसले सफलता होइन असफलता भित्राउन सक्ने विदेशी डिजाइन जुन नेपाल सफल नहोस् भन्नेको देखिन्छ । यसले नत नेपालको हित हुनेछ नत नेपालीको सुझबुझको अभावमा हावा तालमा लाग्दा देश ओरालो लाग्ने शिवाय केहि देखिएन ।

आज जनताले आउ राजा देश बचाउ किन भन्दै छन् यसको ठोस रहस्य बुझ्दै गए हाम्रो लागि राजा नै ठिक रहेछन् भन्ने कुरा आज बुझ्दै गए यस्तो हुनुको पछाडि विकासमा शुन्य पारिनु पनि एक हो भन्दा खासै फरक थिएन । हिजकाउद्योगलाई क्रमश: विकास गर्दै लगेको भए शायद मलाई लाग्छ आउ राजा देश बचाउ भन्ने यहाँ कोही हुने थिएनन् ।

आज चीनलाई ठिक पार्न भन्दै एमसिसी पास गर्न खोज्ने घटिया सोचले गर्दा देश सफल नभई असफलतर्फ लाग्दै गयो । जनता सडक तताउन थाले हिजो यिनै जनताले लोकतन्त्र ल्याए अब इनै जनताले लोकतन्त्र फाल्न सक्ने अवस्था नेपालमा बन्न थाल्यो ।

गलत गर्ने जो कोही सजायको भागी हुन्छ । आज नेपालमा भ्रष्टाचार दिन प्रतिदिन मौलाएको छ। मोज-मस्तीमा लाग्नेहरूले यदि विकासमा जोड दिदै अघि बढ्न सकेको भए यस्तो अवस्था नेपालमा देखिने थिएन । यहाँ जुनसुकै पार्टी सत्तामा पुगेपनि अब देश बन्ने आशा देखिएन ।

कुर्सीको लोभमा फसेर ठूलो बन्ने होडमा देश कंगाल बन्दै गयो राजा गए तर राजा बन्ने लालसा कसैबाट हटेन । हामीले आफ्नो लागि गर्यौ तर सिङ्गो समाज र देशका लागि केही सोच्न सकेनौं । आज राजाले चाहेको भए अतुल सम्पत्ति जोडेर विदेश पलायन हुन सक्थे देशको माया र जनताको लागि भन्दै आफ्नै देशमा शरण लिन पुग्ने राजा पाउन गार्हो छ ।

गलत शाशन व्यवस्थाले गर्दा देश छोडेर भाग्नु पर्ने अवस्था हामीले आज देख्न सक्छौं । सफल व्यक्ति जहिले पनि सफल रहने हुन्छ । राजा सफल भएकाले नै जनताको अन्तर हृदयमा बस्न सफल भएका देखिन्छन् । गलत व्यक्ति हमेसा डरपोक हुन्छ जसले गलत गरेको हुदैन ऊसधै सिह बनेर हिड्ने गर्दछ ।

नोट : यो लेखमा भएमा वाक्यहरु लेखकका आफ्ना निजी नितान्त विचारहरु हुन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !