८ बैशाख २०८१, शनिबार

दलका नेताहरुको असफलताले राजाको आवश्यकता खड्किएको हो त यो देशमा ?


डा. राम बहादुर बोहरा

हरेक मान्छे परिवर्तनशील हुन चाहन्छन् । १७ हजारको बलिदानको उपलब्धिको प्रतिफल भनेको परिवर्तन हो । जनताको बलमा राजालाई सडकमा ल्याउन नेतृत्वको ठूलो हात देखिन्छ । तर यिनै नेतृत्वको गलत हरकतले गर्दा फेरि देशमा जनताले परिवर्तन खोज्न थालेको त होइन भन्ने अनुभव आउ राजा देश बचाउ भन्ने नाराले सडक तताएको देख्दा पुन: जनताले राजा चाहेको देखिन थालेको अनुभव गर्न सकिने भएको छ ।

हरेक परिवर्तनको पछाडि नेतृत्वको हात हुन्छ । तर गलत नेतृत्वको हातमा शाशन सत्ता पुग्न गएमा जनताले दु:ख कष्ट सहनुपर्छ । हामीले लोकतन्त्र ल्यायौं तर लोकतन्त्रको फल चाख्न पाउन सकेको अनुभूति गर्न अझसम्म गर्न नसकिरहेको लाग्छ । लोकतन्त्र आयो महंगी बेरोजगारी र भ्रष्टाचारी तन्त्रको रूपमा खडा देखियो ।

यहाँ स्वार्थमा सवै डुब्दै गए । सबैको भागवण्डा लगाउदा जनतामा यसको ठूलो असर हुन थाल्यो । पृथ्वीनारायण शाहले आर्जेको देश नेपाल तर यहाँ परिवर्तनको नाममा राजनीति भागबन्डामा देशलाई गाउँ गाउँमा सिंहदरवार बनाउदै जाँदा यति सानो राष्ट्रका जनताले अनावश्यक खर्च थेग्न सक्ने अवस्था देखिएन र परिवर्तन चाहेका हुन सक्छन् जस्तो अनुभूति हामीले लिन सकिन्छ ।

अन्य देशले के गर्दैछन् भन्ने होइन हामीले के गर्दा देशको परिवर्तन हुनसक्छ भन्नेतर्फ केन्द्रित रहेर काम गर्नुपर्ने हो तर यस्तो देखिएन । हिजो राजाले गरेका उपलब्धिलाई हेरेर थप गर्दै गएको भए परिवर्तन अवश्य हुने थियो तर यहाँप्रति सोध पूर्ण शैलीमा विदेशीको इसारामा काम हुदै गयो ।

विदेशीले चाहन्थे नेपाल कमजोर हुनुपर्छ र हामीले आफ्नो व्यापार नेपालमा गर्ने अवसर प्राप्त हुनसक्छ भन्ने खेलमा राजनीति कर्ता फस्दै गए । देशको भुमिमा सवै हुँदाहुँदै पनि विदेशीको उत्पादनमा भरपर्नु पर्ने बाध्यता जनताको सामु टकारो हुदै गयो ।

एकातर्फ महंगीको मार अर्कोतर्फ विदेशीनु पर्ने बाध्यताले जनता पिल्सदै गए यसको प्रतिफल स्वरूप जनता फेरि सडकमा आउन थाले । जनतालाई राजाले त दबाउन सकेनन् अब लोकतन्त्रले दवाउन खोज्दा परिवर्तन चाहनु स्वभाविक हो यसमा दुईमत छैन ।

मिलीजुली सरकारले देशमा विकास गर्न सकेन भन्दै बहुमतको सरकार जनताले दिए तर पनि असमयमा कुर्सीको राजनीति सुरु भयो यसले राजनीति दललाई खासै फरक नपरे पनि यस्को असर जनतामा भने परेको देखिन्छ । हरेक विषयमा हाम्रो ध्यान पुग्न सकेको छैन । देशलाई के को आवस्यक छ भन्नेतर्फ जबसम्म हाम्रो ध्यान पुग्न सक्दैन तबसम्म चाहेर पनि केही हुनेवाला छैन ।

फेरि अदालतले संसद बिघटनलाई पुन ब्युतियाई दिएको छ । बहुमतको सरकार त्यसमा पनि साझेदारी बुझ्नुपर्ने महत्वपूर्ण कुरा बास्तबमा प्रधानमन्त्रीको कदमलाई उल्टाई दिएको छ । हामीले कुनैपनि फैसला सुनाउदा देशको वर्तमान अवस्थाले के भन्न खोजेको छ भन्नेतर्फ विषेश अधिकार प्रयोग गरेर भोलीको लागि बाटो बनाउनु पर्छ र बनाएको हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !