प्रचण्ड र बाबुरामले खडा गरेको जातीय द्वन्द्वलाई विघटन गर्ने सामर्थ्य ओलीले मात्रै राख्दछन् Nepalpatra प्रचण्ड र बाबुरामले खडा गरेको जातीय द्वन्द्वलाई विघटन गर्ने सामर्थ्य ओलीले मात्रै राख्दछन्
२४ फाल्गुन २०७७, सोमबार

प्रचण्ड र बाबुरामले खडा गरेको जातीय द्वन्द्वलाई विघटन गर्ने सामर्थ्य ओलीले मात्रै राख्दछन्


केशव प्रसाद भट्टराई

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. वावुराम भट्टराईले यो मुलुकभित्र खडा गरेको त्यस्तो जातीय द्वन्द्व, घृणा, विग्रह, बिखण्डन र धार्मिक द्वेषको भूगोललाई विघटन गर्ने सामर्थ्य समसामयिक राजनीतिमा ओलीले मात्रै राख्दछन् !

१. मैले ओलीको समर्थन र प्रशंसा गरेकोमा मेरा कतिपय मित्रहरूको गुनासो छ ।

चित्त नबुझाई छ ।
घोचेर, मुटु छेड्ने गरी पनि लेख्छन् !
पाएछ क्यारे ठूलै ! भन्ने आशंका र आरोप पनि लगाउनु हुन्छ ।
जसले जसलाई जे भने पनि हुने मुलुकमा मुखको बाउको के जाने हो र ?
मुलुकको प्रथम नागरिक सम्माननीय राष्ट्रपतिज्यू हिजोका उहांकै दलका नेता – कार्यकर्ताले सडकमै, मंचमै, सार्वजनिक मिडियामै त्यति असभ्य र अमर्यादित (तर कम्युनिष्टको चरित्र अनुरुपकै) आरोप लगाउन सकिने मुलुकमा म जाबोलाई कसले बाँकी राख्ने ?

२. सवाल ओलीको विरोध वा समर्थन होइन ।

ओलीको दललाई मन नपराउने तर ओलीलाई मन पराउने म जस्ता हजारौँ मानिस नेपालमा छन् जस्तो लाग्दछ मलाई !
सवाल प्रतिनिधि सभा विघटन र पुनर्स्थापनाको पनि हुँदै होइन ।
सवाल त प्रचण्ड र बाबुरामले यो मुलुकभित्र निर्माण गरेको हत्या, हिंसा, जातीय द्वन्द्व, घृणा, विग्रह, बिखण्डन र धार्मिक द्वेषको भूगोललाई विघटन कि पुनर्स्थापना भन्ने मात्रै हो ।

३. वास्तवमा प्रचण्ड र बाबुरामले यो मुलुकभित्र खडा गरेको त्यस्तो जातीय द्वन्द्व, घृणा, विग्रह, बिखण्डन र धार्मिक द्वेषको भूगोललाई विघटन गर्ने सामर्थ्य समसामयिक राजनीतिमा ओलीले मात्रै राख्दछन् भन्ने मेरो विश्वास छ ।

कुनै पनि मुलुकको आन्तरिक मामिलामा हुने वाह्य हस्तक्षेपलाई पुरै रोक्न त अमेरिका, रूस, चीन, भारत कसैले सक्दैन तर यो मुलुकको आन्तरिक राजनीतिमा हुने वाह्य हस्तक्षेपको ज्यादतीलाई अरूको तुलनामा ओलीले नै अलि बढी रोक्न सक्दछन् भन्ने पनि लाग्दछ ।
समसामयिक नेपालमा उनले नगरे र उनले नसके अर्को कसैले गर्न सक्दैन भन्ने पनि मलाई लाग्दछ ।

४. तपाइँको दृष्टिमा मेरो सोचाई गलत होला, हुन सक्दछ तर मलाई मैले गलत सोचेको लाग्दैन ।

मलाई त तपाइँ नै गलत हुनुहुन्छ भन्ने लाग्दछ ।
यस कारण हजार अभावहरूका वीच पनि म प्रधानमन्त्री ओलीको सफलताको कामना गर्दछु ।
शुभेच्छा प्रकट गर्दछु ।
उनी प्रधानमन्त्री रहुन भन्ने चाहन्छु ।

५. पर्सी २३ गते प्रचण्ड र बाबुरामले यो मुलुकभित्र खडा गरेको हिंसा, प्रायोजित. जातीय र क्षेत्रीय द्वन्द्व, घृणा, हिंसा, धार्मिक द्वेष अन्त्य गर्नेबारे कुनै भावी कार्ययोजना र नीति घोषणा प्रधानमन्त्रीबाट हुन्छ कि भन्ने प्रतीक्षा पनि गरेर बसेको छु ।

अपेक्षा पुरा भएन रे लौ !
जुनदललाई जीवन भर सघाइयो, जुन दलका नेताको हर. आदेशमा आफ्नो ज्यानको बाजी थापेर हिंडियो उनीहरूले त मुलुकलाई त्यत्रो निराशा र पीडा दिए भने अरुबाट त जे कुराको लागि पनि त्यसै पनि मानसिक रूपमा म तयार हुनै पर्यो ।
हामी आफैँले रोजेर ल्याएको व्यवस्था अन्तर्गत प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथहरूलाई बेहोरेकै हो ।
माओवादी विद्रोह भोगेका जनता त जस्तोसुकै स्थितिका लागि तयार भएर बसेकै छन् भने, अरूसँग राखिएका दशकौँदेखिका अपेक्षाहरू तुहिएर जाँदा र झन् अपेक्षा भन्दा ठ्याम्मै उल्टो हुँदा ओलीजी सँगका अपेक्षा पनि तुहिए भनेर चित्त बुझाउँला !
असफल मुलुकको एउटा अदना नागरिकले आखिर गर्न सक्ने त के हो र ?
कम्तीमा त्यो दल भित्रबाट को प्रधानमन्त्री ? भन्दा लाखौँ नेपालीको मन भित्रबाट आउने उत्तर त केपी ओली नै हुन् जस्तो पनि मलाई लाग्ने गरेकोले उनले मेरो अपेक्षा पुरा नगरे पनि खासै चित्त दुखाउनु परेन, किनकि प्रचण्ड र माधव नेपालले भन्दा बढी खराब ओली होइनन्, हुने सक्दैनन् !
कसैले बोल्ने र उभिने आँट नगर्दा मुलुक र जनताको पक्षमा त उनी हिजो उभिएकै हुन् ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !