७ बैशाख २०८१, शुक्रबार

राजनीतिले हैसियत बनाएका नेता कार्यकर्ताहरुको सम्पत्तिको स्रोत खोजौं


रामचन्द्र तिम्सिना

महंगा र चिल्ला गाडी, करोडौंको घडेरी र गगनचुम्बी महल, अरबौंको सेयर र खरबौंको बैंक बैंक ब्यालेन्स कहाँबाट र कसरी आयो स्रोत खोज्ने बेला भएको छ । तेरो पार्टी र मेरो पार्टी होईन, तेरो नेता र मेरो नेता पनि होईन । यहाँ अब नगरिक भएर खोज्ने बेला भएको छ ।

यति भन्दै गर्दा राजाबादीको बिल्ला भिराईन सक्छ, असामजिक तत्व भनेर धिक्कार्न सक्छन् । गाली-गलौजको वर्षा हुनसक्छ तर छातीमा हात राखेर भन्न सक्छु कुनै दलेको एक पैसा खाएको छैन ।

सुन्दा अपाच्य र अनौठो तथ्य लाग्न पनि सक्छ तर सत्य यो होकी काठमाडौ र देशका विभिन्न ठुला शहरमा बनेका भब्य महलका आधा जति मालिक यिनै भ्रष्टचारी र दुई नम्बरी मध्य कै हुन् ।

ठुला निजी विद्यालय र नाम चलेका निजी अस्पताल यिनीहरुमध्य कै छन् । हाईड्रो पावर, बैंक बित्तीय संस्था र फाईनान्समा यिनिहरु कै लगानी छ।
स्रोत खोज्दै जेल कोच्ने हो भने काठमाडौका आधा घर मालिक बिहिन हुनेछन् ।

यिनै नेताका भाई भतिजा, सालासाली वा अन्य नातेदार र तिनीहरुद्वारा संरक्षित माफिया, दलाल तस्कर र गुण्डाको भेटिनेछ ।

• २०५७ सालमा नेपाली काँग्रेस र गिरिजाप्रसाद कोइरालाले घटाएको बहुचर्चित दुई अर्बको “लाउडा” काण्ड ।

• ३ तोला सुन र १ कठ्ठा जमिन कहिल्यै नसकिने प्रचण्डको २० अर्बको लडाकु काण्ड र छोरीलाई १७ करोडको घर, खरबौको बैंक ब्यालेन्स ।

• २०६६ सालको “एयरबस काण्ड” कंसाकार लगायत हिसिला यमी र माओवादी -३ अर्ब ।

• २०७५ सालमा कंसाकार, शेर बहादुर, प्रचण्ड, थापा लगायत नेपाल कम्युनिष्ट पार्टीको चर्चित ६ अर्ब भ्रष्टाचारको “वाइडबडी काण्ड” ।

• २०५५ सालमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोइराला र नेकपा (माले) का यमलाल कँडेलको बहुचर्चित ९ लाख अमेरिकी डलरको “चेज एयर काण्ड” ।

• २०५० सालमा नेपाली काँग्रेसका गिरिजा प्रसाद कोइराला मुछिएको ३९ करोडको “धमिजा काण्ड” ।

• २०५५ सालमा काँग्रेस+एमालेको संयुक्त सरकार २२ करोडको “चाईना साउथ वेस्ट काण्ड” ।

• यति, ओम्नि, ट्रस्टको ७० करोड अनि ३३ किलो सुन, बालुवाटार र रोहिङ्ग्याको ५५ अर्ब ।

संवैधानिक अंगमा आफ्नै सम्धी-सम्धिनी ठुंस्ने, साला-साली, भाईभतिजो पोस्ने तथा कमिसन र भागबण्डा आधारमा राजदुत नियुक्ति गर्ने ।

खोला नदिनाला र सिमाना, बिप्पा र एमसीसीको अप्रत्यक्ष कमिसन एकातिर ।

बैतडीदेखि लण्डनसम्म घर, त्रिपाल र जस्ता पातादेखि अमेरिकासम्म घरैघर ।

पिताम्बर र कात्रो, औषधि र जडिबुटीमा कमिसन अर्कातिर ।

यसरी छर्लङ्ग भएको भ्रष्टाचार काण्ड टुलुटुलु हेरेर बस्नु हुन्छ कि बोल्नु हुन्छ ? त्यो तपाईहरुको नैतिकताको कुरो हो।
धन्यवाद ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !