८ बैशाख २०८१, शनिबार

नेकपा नेता र कार्यकर्ता भित्रको यौनकाण्ड


रामचन्द्र तिम्सिना

तत्कालीन जनयुद्धको क्रममा रहेको नेकपा माओवादी होस वा नेकपा एमाले वा हालको नेकपा ज्यादातर नेता कार्यकर्ताको यौन कुण्ठा र काण्ड एकपछी अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।

भनिन्छ, युद्धले पराजित गर्न नसकेको व्यक्तिलाई स्त्री मोहले क्षणभरमा पगाल्न सक्छ । युद्धकालमा एकीकृत नेकपा माओवादीका नेता-कार्यकर्ताहरुले यस “कोटेशन” लाई पटक-पटक उच्चारण गर्दथे ।

भोगवादी सोंच र चेतबाट जोगिनु पर्दछ भन्ने मान्यतामा उनीहरुले यस्ता अभिव्यक्तिहरु दिने गरेका थिए । तर, जे प्रशिक्षण दिएर नेता-कार्यकर्ताहरुलाई अनैतिक मामिलाबाट टाटै राख्न खोजे पनि रोकिएन ।

नेकपा नेताहरुले यौन इच्छा शक्तिलाई जति दबाउनु पर्छ भनेर दवाव दिन्थे, त्यति-त्यति नै पार्टीका शीर्ष नेता-कार्यकर्ताहरु यौनकाण्डमा मुछिएर कारवाहीमा परिरहेका घटनाहरु धेरै छन् ।

कतिपय अवस्थामा सहकर्मीहरुको राजनीतिक भविष्यलाई सिध्याउन पनि यौन काण्डलाई मुद्दा बनाउने वा उचाल्ने कोसिस गरियो नेकपाभित्र लुतो भन्दा चर्को रुपमा देखिएको यौन रोग यद्यपि अझै फैलिइरहेको छ ।

जनवादी बिवाहको ढोल पिट्ने श्रीमतीलाई तेस्रो लिङ्गी भन्दै अरुसंग सल्किएर सम्बन्ध बिच्छेद गर्ने “टेकेन्द्र भट्ट” हुन वा रोशनी काण्डले सभामुख पद चट भएको “कृष्ण बहादुर महरा” हुन् ।

४ लाख रकम दिएको तर फिर्ता माग्दा महिमा खत्रीमाथि नै यौन प्रस्ताव राख्ने सल्यानबाट प्रतिनिधि सभामा बिजयी पूर्व सामान्य प्रसाशन मन्त्री “टेकबहादुर बस्नेत” हुन वा बालिका खड्का माथिको चर्चित यौन काण्डका धनी प्रदेश नं १ का मुख्यमन्त्री “शेरधन राई” हुन् ।

रश्मिलामाथि यौन दुर्ब्यबहार गर्ने प्रदेश नं ३ का मन्त्री, कामपाका पुर्व मेयर “केशब स्थापित” वा सुदुरपश्चिमका सामजिक विकास मन्त्री महिलासंगको अडियो टेप काण्डबाट राजीनामा दिन बाध्य भएका “दिर्घ सोडारी” हुन ।

सार्वजनिक बसमा यौन दुर्व्यवहार गर्ने पूर्व सांसद “योगेन्द्र घिसिङ” हुन वा आफ्नो नांङ्गो तस्वीर फेसबुक म्यासेन्जरबाट केटीलाई पठाउने डोटी जोरायल गाउँपालिकाका अध्यक्ष “दुर्गादत्त जोशी” हुन वा अनेरास्ववियु दार्चुलाका नेता सुदुरपश्चिम प्रदेशका उपप्रमुखका स्वकीय सचिव “हरिश भट्ट” ले अंगरक्षक महिला प्रहरीलाई म्यासेन्जर मार्फत यौन प्रस्ताव राख्दा जागिर गुमेको थियो ।

बाहिर आएका र गुपचुप राखिएका यी र यस्ता कयौं घटनाक्रमले नेकपा नेताभित्रको यौन कुण्ठा बाहिरिन्छ । यौन कुण्ठा (इच्छा) आफैमा एक प्राकृतिक गुण भएपनि दबाउन नसक्दा सिंगो पार्टी बदनाम हुने गरेको छ ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !