६ बैशाख २०८१, बिहिबार

नेपाली युवायुवतीलाई लखेटेर खाडी बिदेशीको खेतालोले चलाउँदैछ देश


रामचन्द्र तिम्सिना

सर्वहाराको ट्याग भिरेर भव्य महलमा बस्ने, समाजवादको नारा दिएर खरानी धस्ने ।
डर धम्कीको बलमा चुनाव जित्ने पार्टी मात्र छ नेपालमा, धनार्जनको ब्यापार गर्दै सत्ता टिकाउँछ !
साम्यवादको नक़ाबमा चल्छ अनि कमिशनको वार्तालाप गर्छ,
दलाल भ्रष्ट अगल बगलमा राखेर आलमारीमा मार्क्स र बिपिको पुस्तक हुनुपर्नेमा ब्रान्डेड रक्सी राख्छ ।

झोले कमिसार र टोले डन बनेको ब्यबस्थालाई खै के भनौं …

बहुदल, गणतन्त्र र लोकतन्त्रले रोडपतिबाट करोडपति बनेका चप्पलेहरु कै कारण देश बर्बाद हुँदैछ सोचौं एकपटक !

सबै नेता र भ्रष्ट कर्मचारीको “छाती” चिरेर यिनीहरुको तीन पुष्ते सम्पत्ती राष्ट्रियकरण गरौं !

आफन्त र इष्टमित्र सबैलाई छानबिनको दायरामा ल्याऔं,
चाहे स्वदेशमा हुन या बिदेशमा, कठालो समाएर घोक्रे ठ्याक लगाऔं !

यिनीहरुका खानदानलाई “श्रमशिबिर” मा कोचेर बाटो बनाउन लगाऔं !
समृद्धि र सुशासन अर्को महिनाबाटै सुरु हुनेछ !

तर यहाँ उल्टो चल्दैछ ….

बहुदल र लोकतन्त्रको ”अभ्यास” गरेको पनि ३० बर्ष भयो !
अब “संघीयता” को ६० बर्ष लाग्ने छ !

जब २०४६ पछी उदाएका नव नेतृत्व र नेता अनि नेताका पनि “झोले नेता” हरु
अनि २०६३/०६३ पछी उदाएका नव धनाढ्य र नव सामन्तीहरु, नयाँ धर्म गुरुहरु जति सबै मन्त्री र प्रधानमन्त्री अनी राष्ट्रपति भएपछी अनि बन्ला र नयाँ नेपाल ?

किनकी ………..

२०० बर्षमा न भएको “विकास” भएको छ हाम्रो देशमा १०% को जोडले ….

मन्त्रीमन्डल पनि सांसदको १०%
बिकास पनि बजेटको १०%
नेता पनि जनताको १०%
जनगुनासो सम्बोधन पनि १०%
बिदेशबाट आको “सहयोग” पनि जनतामा १०%

कती राम्रो …….

अब हामी फेरि संघीय गणतन्त्रको “अभ्यास” गर्नेछौं १०% अनि आउने १० बर्षमा नेपाली पनि १०%…..
किनकी अब नेपालमा नेपाली होईनन,
सामन्ती, तस्कर, माफिया, दलाल, भाईभतिजो, सालो र सम्धी अनि भारतीय र अमेरिकी नोकर मात्र हुनेछन ….!

ज्वाईको स्कुल हुनेछ,
छोरोको जग्गा हुनेछ,
छोरीको शासन हुनेछ,
सालोको प्रोजेक्ट हुनेछ,
भाई भतिजो ठेकेदार हुनेछन,
सम्धी-सम्धिनि हाकिम हुनेछन अनी जनता “खाडी” मा हुनेछन…..!

एकपल्ट आँफै सोचौ हामी १०% उनीहरु ९०% हुनेछन् …… !!

हैकम बिदेशीको तर बिश्व मानचित्रमा नाम मात्रको नेपाल रहनेछ !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !