७ बैशाख २०८१, शुक्रबार

लोकतन्त्रमा भएका केही त्रुटिहरू


गणतन्त्र
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लोकतान्त्रिक शाशन व्यवस्था भनेको नागरिकको प्रत्यक्ष शाशन पद्धति हो । यहाँ धेरै राज्य हुनु भनेको देशले आर्थिक भार खेप्न नसक्ने अवस्था सिर्जना गर्नु हो । अब जातीय राज्य माग्ने अवस्थामा देश पुग्ने भएको देखिन्छ ।

हामीले विकासको परिकल्पना गरे जस्तो देश हुन सकेन । यदि देश जातिय राज्यमा पुगेमा देश बाइसे चौबिसे राज्यमा विभाजन हुने खतरा बढ्ने देखिन्छ ।

नेपाल र नेपालीको हितमा संघीयता ठिक छैन यसले महगी बेरोजगारी निम्ताउदैछ । सानो देशलाई यसरी भागबण्डा लगाउदा देश ऋणमा चुर्लुम्म डुब्न सक्छ ।

आयस्रोत छैन कृषिप्रधान मात्र छ उत्पादन विदेशीको खपत देखिन्छ । पानी छ नहर छैन खेती योग्य जमिन छ । तर उत्पादन छैन । बोलेर मात्र समाधान केही हुनेवाला छैन ।

देशलाई उत्पादन मुलक काममा बढाउनुहोस् भन्ने हाम्रो राय सुझाव छ । पहिलो काम हामीले बन्द उद्योग खोल्नतर्फ लाग्नुपर्ने देखिन्छ । बढ्दै गएको बेरोजगार कसरी समाधान हुन सक्छ भन्नेतर्फ सोच्नुपर्ने समय आइसकेको देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !