६ बैशाख २०८१, बिहिबार

बिजुली नहुँदाको ती दिन सम्झदा : पूर्वसचिव उपाध्यायको अनुभूति


भीम उपाध्याय

काठमाडौँ, भदौ १५ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले लोडसेडिङ हुँदाको बेला बिजुली नहुँदाको ती दिन सम्झदै पुरानो अनुभूति व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै उनले लोडसेडिङ हुँदाको समयमा आफ्नो बिगतको दैनिक क्रियाकलापको चित्रण गरेका छन् ।

यस्तो छ पूर्वसचीव भीम उपाध्यायको फेसबुक स्टाट्स

बिजुली हाकिममा कुलमानलाई जिम्मेवारी दिनुअघि १८ घण्टा पावरकट वा लोडसेडिङ हुँदा मैले केके गरेर विजुलीको जोहो गरेँ ? के का बेहोरेँ ? जति पैसा तिर्छु भने पनि पैसा भएपनि बिजुली पाईदैन थियो जसरी अहिले मल पाईदैन ।
गर्जो टार्न मैले…

१. बोक्दै हिड्ने पोर्टेबल सोलार टुकी ४ वटा किने । त्यतिले के पुग्थ्यो, पुगेन अनि…

२. सोलारको ४ वटा १/१ वाटको बल्ब बाल्न सकिने सोलर प्यानेल राखेर घरको ४ कोठामा एक-एक वटा बल्ब बाल्न मिल्ने बनाएँ ।

३. त्यतिले पनि पुगेन । प्रत्येक कोटामा एउटा ५ वाटको बल्ब बाल्न मिल्ने, एउटा एलसिडी टिभी र एउटा सानो फ्रिज चलाउन सकिने एउटा ठूलो सोलर प्यानेल बनाएर बत्ति बालेँ ।

४. एउटा ईन्भर्टर किनेर दिनभरीको सोलर पावर स्टोर गरेँ, राती बिजुली बालेँ, २,४ घण्टा जति टिभी हेर्न मिल्ने बनाएँ । घरमा जुन बेला पनि मोबाईल र ल्याबटप चार्ज गर्न सकिने गरी मिलाएँ ।

५. बाहिर खानेपानी पाईप लाईनबाट पानी तान्न मिल्ने गरी पूरानो सानो ईन्भर्टर हटाएर ठूलो ईन्भर्टर फेरेँ ।

६. १८ घण्टा टाईम कुटाईम बिजुली नहुदॉ मोबाईल डेड, टिभी ठप्प, ल्यापटप ठप्प, डेस्कटप पिसी ठप्प, ईन्टरनेट ठप्प, मोबाईल ब्याटरी कुनबेला डिस्चार्ज, गर्मी ठाउँमा ठण्डा बनाउने काम चौपट, जाडो याममा न्यानो बनाउने काम ठप्प, ईमेल पठायो पाउनेकोमा बत्ति छैन, मोबाईलमा कल गर्यो बिजुली नभएर उताको मोबाईल स्विच अफ गरिएको छ भन्थ्यो।

७. बिजुली हुँदा धारामा पानी नहुने, पानी आउने समयमा बिजुली नहुने । मध्यरातमा पानी आउने वा बिजुली आउने ।

यी सबै दु:ख मैले अहिले बिर्सिसकेको छु । अरूले पनि बिर्सेका होलान् ।

तर नेताहरूले एक सही ब्यवस्थापक छनौट गर्दा ती कष्टमय दिन अहिले एकादेशको कथा भएको छ । ४ वर्षयता जन्मिएका बालबालिकाले त्यस्तो पनि थियो र भनेर नपत्याउने भएका छन् ।

बिजुली प्राधिकरण आफै कमाएर चल्ने युटिलीटी कम्पनी हो । ब्यापार गरेर होस् कि उत्पादन गरेर, जनताले सुपथ मोलमा बिजुली पाउनै पर्छ । के गरेर दिने त्यो अरूको चॉसोको कुरा हैन, बिजुली हाकिमको जिम्मा हो जसरी दिन्छौ देउ । पैसा भएर पनि बिजुली नदिनेहरू जत्तिको नालायक कोही हुन सक्दैन । अझ अहिले तिनले नै बिजुली बारेमा भुक्दा जनताको पारो चढ्ने नै भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !