१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीलाई डा. बोहराको अनुरोध


प्रधानमन्त्री ओलीलाई डा. बोहराको अनुरोध
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयलाई मध्यनजर राख्दै सिमा विबाद जसरी अघि बढाउनु भएको छ सह्रानीय छ । विबाद बढाएर मात्र समस्या हल हुनेवाला छैन र कसैबाट सहयोग होला भन्ने आषा गर्नु पनि बेकार छ ।

यदि यो समस्या हल भएमा हजुरको गुणगान गाउने धेरै हुनेछन् । यो कुरा थाहा पाउनेहरूले तपाईंको पाइला छेक्ने प्रयत्न गर्नेछन् न चुक्नु होला । अझ हजुरले एउटा महत्वपूर्ण काम गर्नुपर्ने देखिन्छ त्यो काम हो अब छिमेकीले नाकाबन्दी होइन नेपालले गर्न सक्नुपर्छ तब मात्र नेपालमा परिवर्तन हुन्छ ।

यस्तो भन्नुको मेरो अभिप्राय नेपाली जनताले आफुले उत्पादन गरेको वस्तुको उपभोग नेपाली स्वयम् गर्न सके डलर बाहिर जान रोकिन्छ र देशमा विकासका काम दुर्त गतिमा बढ्न सक्छ । नेपाल कृषिप्रधान देश हो तर सवै छिमेकीले पुर्याउने गरेको छ । यसले नत देशमा विकास हुन्छ नत केहि गरौं भन्ने प्रेरणा नागरिकमा जाग्न सक्छ ।

नेपालीलाई परनिर्भरमा पार्नु भनेकै देशको विकास ओझलमा पार्नु हो । यस्ता विषयमा चनाखो भएर अघि बढ्न सके ठूलो उपलब्धि हुन सक्ने देखिन्छ । नेपाले गरेका गलत सम्झौता खारेज गर्दै जलस्रोत खानी, जडिबुटी जस्ता विषयलाई अघि सार्दै काम गर्न सके परिवर्तन टाढा हुने छैन ।

यदि हामीले खानीमा जलस्रोतमा र जडिबुटीमा हात हालेर उत्पादनतर्फ लाग्छौं भने त्यो दिन टाडा छैन नेपाललाई विश्वले पहिलो विकसित देश घोषणा गर्नेछन् । नेपाली साराले सरकारले दिएको भत्ता खर्च कसरी गर्ने होला भन्नेतर्फ लाग्नेछन् । परिवर्तन हुने होइन परिवर्तन त हामीले गरेर देखाउने हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !