७ बैशाख २०८१, शुक्रबार

हिन्दू धर्ममाथि यसरी प्रहार हुदैछ


हिन्दू धर्ममाथि यसरी प्रहार हुदैछ
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हिन्दू धर्म संस्कृतिलाई केलाएर हेर्ने हो भने विश्वले हिन्दू राज्य केवल नेपाल हो भन्ने छ । यहाँ नेतृत्वको सवैभन्दा ठूलो कमजोर भनेकै पश्चिमाको निर्देशनमा धर्मनिरपेक्षता लाद्नु हो । आज धर्म संस्कृतिमाथि ठूलो प्रहार हाम्रै नेतृत्वबाट भएको छ ।

भारतले हिन्दू धर्म संस्कृतिलाई बचाउने पक्षमा देखिएको छ । भुत, भविष्य र बर्तमानलाई नहेरी जब हामी अघि बढ्न थाल्छौं भने यसको नतिजा राम्रो पक्कै हुने छैन । पशुपतिनाथको स्थापना कालदेखि हिन्दू धर्म संस्कृतिले नेपाल भनेर चिनिने गर्दथ्यो । विश्वका हिन्दूहरूले नेपाल भुमिलाई पुज्दथे तर अहिले सवै उधो गतिमा चल्दैछ । धर्मलाई आधार बनाएर जनता लडाउने काम हुदैछ ।

हिजो भारतले बुद्ध भारतमा जन्मेका हुन भन्दा केहि नबोल्नेहरूले राम नेपालमा जन्मेका हुन भन्दा ठूलो बनाउदा धर्ममाथि युद्ध हुने खतरा बढ्दैछ । भारतको अहिलेको बिजेपी नेतृत्वको सरकारले नेपाललाई हिन्दू राष्ट्र देख्न चाहन्छ । तर हिन्दू धर्म हटाएर नेपालले ठूलो गल्ती गरेको देखिन्छ । हिन्दू धर्मले सवै धर्मलाई समेटेको थियो तर अहिले हिन्दू धर्मलाई मतभेद पैदा गराउन पश्चिमा धर्म नेपालमा खुलेर लागेको छ । यसैको उदाहरण भनेको धर्म संस्कृति माथिको प्रहार हो भन्दा खासै फरक छैन् ।

भारतले पनि बुद्ध नेपालमा जन्मेका हुन भन्ने थाहा हुदाहुदै भारतमा जन्मेका भन्नु गलत होइन किनकि राम्रो व्यक्तिलाई आफ्नो देशमा जन्मेको भन्नु गलत थिएन । भारतकाे बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा ५ जना भिक्षुलाई उपदेश दिएपछि उपदेशका कारणले छुट्टै बौद्ध धर्म मान्न थालिएकाे थियाे । बुद्धलाई भगवानका रुपमा पुज्ने बाैद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ ।

नेपालीहरूले आफ्नो धर्मसंस्कृति क्रमश: भुल्दै छन् । जहाँ धर्म माथि प्रहार हुन्छ त्यहाँ अशान्ति सुरू हुन्छ । अशान्ति शुरु गर्ने अभियानमा नै पश्चिमाहरू सक्रिय छन् । नेपालमा रामको जन्म होस् या भारतमा किन नहोस् यसले देशको विकास गर्ने होइन । धर्मलाई आधार बनाएर छिमेकीलाई लडाउन खोजेको देखिन्छ ।

यदि नेपाल र भारतको धर्म युद्ध भए यसको फाइदा पश्चिमालाई प्रत्यक्ष हुनेछ । यो समय भनेको विकासको समय हो । नेपालको विकास धेरै पछाडि परेको छ । युवा बेरोजगार छन् रोजगारको लागि के गर्न सकिन्छ । सहयोगबाट सुरू भएका उद्योग पुन: संचालनमा ल्याउन सके बेरोजगार हट्ने सम्भावना प्रबल छ ।

धर्मको प्रचार गर्न अमेरिकाले बार्षिक खरबौं डलर खर्च गर्छ तर नेपाल भने हिन्दू धर्मलाई कौडीको मुल्यमा बेचेर लाभान्स कमाउन चाहान्छन् । मागेर देशको विकास चल्ने होइन गरेर मात्र देशको विकास सम्भव छ । नेपाल जस्ता विकासन्मुख देशहरू धेरै अघि बढि सके तर नेपालीलाई हात थाप्ने काम बाहेक केहि आउदैन ।

विकास गर्न नसक्नेहरूले स्वार्थको राजनीति गर्नु राम्रो होइन । आज स्वार्थकै कारण नेपाल धेरै पछाडि पर्दैछ । जुन जोगी सत्तामा पुगे पनि कान चिरेको उखान आज बच्चा बच्चाले भन्ने गरेको सुनिन्छ । स्वार्थको राजनीतिले नेपाल गोहीले हरिण निले जस्तै देखिन थालेको छ । यहि अवस्था रहदै जाने हो भने नेपालको अस्तित्व समेत समाप्त हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !