८ बैशाख २०८१, शनिबार

यस्तो छ राम र उनको इतिहास


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

राम अयोध्याका राजा दशरथ र रानी कौशल्याको सबैभन्दा जेठो पुत्र थिए । हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारहरूमध्ये एक अवतार मानिन्छन् । विशेष रूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् । रामचन्द्र हिन्दुधर्मालम्विरूको पनि आदर्श पुरुष हुन् ।

रामको जन्म अयोध्या उत्तर प्रदेश प्रान्तको एक गाउमा भएको देखिन्छ । यो फैजाबाद जिल्ला अन्तर्गत आउँछ । राम जन्मभूमि अयोध्या उत्तर प्रदेशमा सरयू नदीको तटमा बसेको छ । प्राचीन कालमा यसलाई कौशल देश भनिन्थ्यो । अयोध्या हिन्दुहरूको प्राचीन र ७ वटा पवित्र तीर्थस्थलहरूमा एक हो ।

राम प्राचीन भारतमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारहरूमध्ये एक अवतार भनेर उल्लेख गरेको पाइन्छ । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकिद्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको पाइन्छ ।

रामकी पत्नीको नाम सीता थियो (जसलाई लक्ष्मीको अवतार मानिन्छ) र उनका तीन भाइ थिए : लक्ष्मण, भरत र शत्रुघ्न । हनुमान रामको सबैभन्दा ठूलो भक्त मानिन्छन् । रामले राक्षस जातिको राजा रावणको वध गरेका थिए । हिन्दू धर्मको कयौँ चाड पर्व, जस्तै दसैं र तिहार, रामको जीवन-कथासँग जोडिएको महर्षि वाल्मिकिद्वारा रचित ग्रन्थमा पढ्न सकिन्छ ।

रामको बारेमा हामीलाई थाहा भयो तर रावणको राज्य लंकाको बारेमा पनि केही जान्न आवश्यक छ । रावणको देश पहिलेको लंका अहिलेको श्रीलंका समाजवादी जनतान्त्रिक गणराज्य दक्षिण एशियामा पर्दछ । दक्षिण एशियाको हिन्द महासागर शहरको उत्तरी भाग एक द्विपय देश हो ।

भारतको दक्षिणमा अवस्थित भारतबाट त्यहाँसम्म पुग्न ३१ किलोमिटर मात्र छ । १९७२ सम्म यसको नाम लंका नभई सीलोन थियो । पछि १९७८ मा श्री थपेर श्रीलंका भएको थियो । रावण आफुलाई सवैभन्दा बलियो राजाको रूमा देखाउन सीताको हरण बाल्मकी नगर सितामढीबाटै भएको थियो ।

जब राम सिता र लक्षमनलाई बनबास पठाउदा उनी जंगलमा भड्कदै सितामढी या बाल्मकी नगर आएर गुरू बाल्मकीको शरणमा बस्न पुगेका थिए भन्ने कुरा लबकुशको जन्मले देखाएको छ । पुराना इतिहास केलाउदा जसले जे लेखे धेरै बढाई चढाइ गरेर लेखे जस्तो लाग्छ ।

राम यदि अयोध्यामा जन्मेका थिए भने बाल्मकी नगर सितामढी कसरी बस्न पुगे यो सुन्दा अचम्म लाग्छ । कतै राम नै राजा दशरथका सन्तान नभएर बाल्मकीका सन्तान त थिएनन् । यदि बाल्मकीका सन्तान नभएका भए सितामढीमा बसोबास गर्न कसरी पुगे यस विषयमा कहि कतै केहि लेखेको पाइदैन ।

प्राचीनकालदेखि नै रामको बसोबास सितामढीमा भएको र रावण भने लंकाको तमिल राजा भएको देखिन्छ । यस घटनाले यो पुष्टि गर्दछ की त्यो समयमा पनि बलियाहरूले जे मन लाग्छ त्यही गर्दथे यो रामलाई हजम भएन र लंकाको राजासंग युद्ध गरेर सीतालाई फर्काएर ल्याएका थिए । केहिको कुरा सुनेर सितालाई शंका गर्दा सिता सितामढीमै भासिएकी थिइन या आत्माहत्या गरिकी थिइन तर बाल्मकीले भासिएको भनेर दुईवटा शब्द थपेर कथा बनाएका थिए पनि भनिन्छ ।

रावणसंग लंकामा लड्दा त्यतिबेला बाँदरलाई लड्ने कला सिकाइएको देखिन्छ । बाँदर यस्तो पशु हो जसलाई सिकाउन सके उसले सवै कुरा सिक्न सक्थ्यो तर यहाँ बाँदरले लंका जलाएको भन्ने घटना हुन सक्छ रामले बाँदरलाई दुतको रूपमा प्रयोग गरेको हुनसक्छ । त्यति बेला बनेका घर कच्चा थिए उनको पुच्छरमा आगो लगाउदा एउटा घरबाट अर्कोमा चढ्दा आगो लागेको हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !