८ बैशाख २०८१, शनिबार

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए ।