२८ माघ, परासी । चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ