, छठ Archives - Nepalpatra

छठ

  • छठ पर्व

    उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

    २८ कात्तिक, काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतवार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् । व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र […]

  • मिचिँदै नदी र पोखरी, फैलँदै छठ

    १६ कात्तिक, काठमाडौं । बढ्दो सहरीकरणले उपत्यकाका नदी तथा पोखरी मिचिँदैछन् । यिनै साँघुरा नदी तथा पोखरीका किनारमा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ । परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ । एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो […]

  • xad puja

    छठ पर्व र यसको धार्मिक महत्व

    छठ पर्वको मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थ) को विधिमा अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको […]

  • xad puja

    आज हर्षोल्लासपूर्वक छठ मनाइँदै

    २७ कात्तिक, जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा […]

  • xad puja

    राजधानीमा छठको रौनक

    २५ कात्तिक, काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको छ । वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्ताको सफाइ गरिएको थियो । नदी किनारको थापाथली, नारायणटार […]